Logo

आजदेखि अग्रिम टिकट खुल्यो, ३५ लाख मानिस दशैँका लागि घर जाँदै



असोज ९, कठमाण्डौ । सरकार र यातायाता व्यवसायीबीच लामो समयको रसाकस्सीपछि दशैंका लागि अग्रिम टिकट बुकिङ आज खुला भएको छ ।

पेट्रोलियम पदार्थमा मूल्यवृद्धिपछि चिँडिएका यातायात व्यवसायी सार्वजनिक सवारी साधनमा १० प्रतिशत भाडा बढाउने सरकारी निर्णयपछि टिकट खोल्न सहमत भएका हुन् ।

२ सय ४५ वटा यातायात समितिको रोक्का बैंक खाता खोल्न व्यवसायीले दिएको दवाव सरकारले नमानेपछि टिकट बुकिङ अन्योलमा परेको थियो ।

ऋहिले काठमाडौंका बिभिन्न काउन्टरबाट टिकट वितरण सुरु भएको छ । यातायात व्यवसायी राष्ट्रिय महासंघले टिकट काट्दा यात्रुलाई सहज बनाउन र छुट्ने वसको उचित व्यवस्थापनका लागि छुट्टाछुट्टै समिति समेत गठन गरेको छ ।

काठमाडौंमा रहेका झण्डै ३५ लाख सर्वसाधारण यो पटक दशैं मान्न घर जाने अनुमान ट्राफिक प्रहरीको छ ।



प्रतिक्रिया दिनुहोस्