Logo

न्याय हराएको संघीय गणतान्त्रिक नेपालः अशोक योगी



काठमाडौँ । एउटा नाबालिका १३ बर्षको चेली लाई ललाई फगाई घरमा आएर बोलाईन्छ । चाट खाने पेसा दिउँला भनिन्छ । आमा लाई पठाईदिनु है भनिन्छ जुन घरमा जहाँ जसले बोलाएको हो । त्यहाँ गइन्छ आमा लाई गेट भित्र छिर्न दिईदैन । प्रहरी कहाँ गयो हल्का पाराले भोली बिहान आउनु भनिन्छ ।

जस्ले फगाएर लिएको हो उसले साइकल त भेटियो भने लास पनि त्यतै होला भन्छ ।अम्बा पनि भेटिन्छ किताब कापी पनि भेटिन्छ अनि लास घोप्टो पारिएको हुन्छ । बलात्कार हत्याका प्रमाण नष्ट गरिन्छ उसको मामालाई छिटो छिटो लास बुजेर दाहसंस्कार गर्न प्रहरी प्रशाशन बाट दबाफ दिइन्छ ।
बजार र होटलमा राखिएका सिसी क्यामराका प्रमाणहरु नष्ट गराउन लगाईन्छ ।बम दिदी बहिनी लाई पक्रेर राखेको दुई तिहाई प्रचण्ड बहुमत भएको बामपन्थी सरकारका प्रधानमन्त्री केपी ओलीको चित्त दुख्न अनि प्रशाशनले छोडिदिन्छ ।

जसले जसको घरमा आमालाई समेत पटकपटक भनेर जसको घरमा लिइन्छ निर्मलाको साथमा भएको अम्बा र त्यो घरनपजकको रुख किन काटिन्छ किन निर्मलाको आमालाई किन त्यो घरमा पस्न दिइएन किन प्रहरीले रिस्पोन्स गरिएन सरकार एउटा चेली बलत्कृत हुँदै हत्याको शिकार हुनु पर्ने आयोग र अनुसन्धानको नाममा न्याय मर्दे जाने दशै आयो संसद अधिबेशनको अन्त्य होला सबै दशै तिहारमा रुमलिएलान हाईसन्चो होला ।

आएको प्रतिबेदन किन सार्बाजनिक गरिदैन का्रन्तिकारीता भिरोमा गृहमन्त्री बनेका बादलको् अभिब्यक्ति र तर्क बिकसित राष्टमा पनि बलात्कार भएका छन भनेर गलत मनशाय बोकेका प्रहरी प्रशाशनको बचाउ गर्दे घटाना लाई बिसयान्तरण गर्ने तरिका जुन छ यसले न्याय नपाउने र न्याय मर्दे गएको आभाश हुन्छ ।

मदन भण्डारी र जिबराज आश्रितको हत्याको अनुसन्धानको जस्तो प्रतिबेदन नबनोस हे पशुपति नाथ हे कालिका मालिका छटनालाई लुकाउन खोज्ने ढाँकछोप गर्ने ठट्याउलो पाराले उत्ताउलो अभिब्यक्तिदिनेको कहिले भलो नहोस दुर्गतिको सुरुवात होस ।

निर्मला तिमी कालिको रुप लिएर आउ देबीको रुपलिएर आउ अनि मात्र तिमी जस्ता लाखौं चेलिले न्याय पाउनेछन अन्यथा यो छानबिन र अनुसन्धानको नाटक चलिरहनेछ जघन्य अपराध निरन्तर बढीरहने छ । बढी रहनेछ । प्रहरी प्रशाशनको छबि बचाउन असल र कर्मठ प्रहरी अधिकारीहरुनै एक्सनमा आउन जरुरी छ ।

रक्षक ठानिएको प्रहरी प्रशाशन प्रति नै दिनानु दिन बिश्वास घट्दै जानेछ नामै बादल भएकाको त कुरा नै के गर्नु बादल पनि अब बादलै भएर होइन अलि खुल्ला र स्वच्छ भएर आउनु पर्यो ओलि महाराजले पनि अलि निश्पक्षताको आँखाले हेर्नु पर्यो ।

निर्मलाको आमा र बाबु बनेर ओली र बादलले भुमिका खेले ५ मिनेटमा अपराधिका मतियार र योजना कार समातिन्छन अनि २५ घण्टामा खास अपराधि पत्तालागिहाल्छ यसका लागि कुनै नाटक गरिरहन कुनै आइतबार कुर्न र काशी पुग्नु पनि पर्देन ।

निर्मलाको निम्ति न्यायको घन्टी बजोस सरकार सुबुद्धि पलाओस कुबुद्धि हरण होस न्याय हराएको संघिय गणतान्त्रिक देश नेपाल भनेर दर्ज नहोस मेरो देशको अपमान नहोस ।



प्रतिक्रिया दिनुहोस्

Screenshot