काठमाडौं, १३ असोज । सत्तारुढ दल नेकपाभित्र अहिले माधव नेपालले आफ्नै पार्टीका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध असन्तुष्टको भेला बोलाएर ९ रेक्टरको भुकम्प ल्याईदिएका छन् ।
पार्टी अध्यक्षद्धय ओली र पुष्पकमल दाहाल प्रचण्ड देश बाहिर हुँदासमेत आफूलाई कार्यवाहकको जिम्मेवारी नदिएकोले नेता नेपाल अहिले असन्तुष्ट छन् । त्यही आक्रोशमा उनले हिजो आफू पक्ष नेताहरुको छुट्टै भेला आयोजना गरेका थिए ।
भेलामा नेता वामदेव गौतमपनि पुगेका थिए । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन यतिवेला अमेरिकामा छन् । यही मौकामा उनले यस्तो गोप्य भेला आयोजना गरेर आफूले अब छिट्टै पार्टीभित्र विद्रोह छेड्ने चेतावनीयुक्त सन्देश दिन खोजेका छन् ।
नेता नेपालले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता गौतमकै सहमतिमा यस्तो भेला आयोजना गरेर ओलीविरुद्ध धावा बोलेको ओली पक्षधर नेताहरुको गुनासो छ । त्यही भएर होला बरिष्ठ नेता नेपालविरुद्ध पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओली निकट नेताहरु आक्रमक रुपमा प्रस्तुत भएका छन्।
पार्टी अध्यक्ष ओलीको विरोधमा उत्रेका नेपाललाई लक्षित गरी ओली समूहले समाजिक सञ्जालमार्फत नेपालमाथि आक्रमण शुरु गरेका छन्।
अध्यक्ष ओलीनिकट उच्च स्रोतले दिएको जानकारी अनुसार ओली अहिले नेता नेपालसँगमात्रै नभएर अर्का अध्यक्ष प्रचण्डसँग पनि असन्तुष्ट छन् । आफू बाहिर भएको मौका छोपेर यस्तो षड्यन्त्र गुर्न लज्जास्पद भएको ओली निकट नेताहरुको टिप्पणी छ ।
ओलीले आफू निकट नेताहरुसँग अमेरिकामा गुनासोसहितको आक्रोश पोखेका छन । म अमेरिकामा भएको बेला यस्तो उथलपुथल हुनेगरि माधवजीले यस्तो गुट चलाउनुभयो, यो मेरो लागि सह्यै छैन । उहाँले एक्लै यस्तो गर्नुभएको होईन, यसमा प्रचण्डजीको पनि साथ छ ।
तर, ओलीले आफू नेपाल फर्केलगत्तै माधव नेपालसँग बदला लिनेपनि चेतावनी अमेरिकाबाटै दिईसकेका छन् ।