Logo

बालमैत्री स्थानीय शासनका सूचक पूरा



काठमाडौँ । जिल्लाको तिलागुफा नगरपालिका–१ र ३ वडाले बालमैत्री स्थानीय शासनका सूचक पूरा गरेको छ । यी वडाले बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति २०६८ अनुसार असार २१ गते निर्धारण गरिएका २८ वटा सूचक पूरा गरेका हुन् । राष्ट्रिय रणनीतिका २८, संस्थागत १२ र १६ खुड्किला पार गरेपछि बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुने उक्त नगरपालिका प्रमुख रतनबहादुर शाहीले बताउनुभयो ।

सेभ द चिल्ड्रेन किर्डाक नेपाल कालिकोट शाखाको सहजीकरणमा बाल सहभागिता, बाल विकास, बाल संरक्षणसम्बन्धी सूचक पूरा भएका छन् । बाल सहभागितासम्बन्धी ६, बाल विकाससम्बन्धी ५, बाल संरक्षणसम्बन्धी ५ र बाल बचाउसम्बन्धी ९ सूचक पूरा भएको जिल्ला बाल क्ल्याण समितिका अध्यक्ष लालबहादुर मल्लले बताउनुभयो ।शतप्रतिशत सूचक पूरा भए पनि शिक्षा र बाल संरक्षणका केही सूचक ८० प्रतिशत पूरा भएको उक्त नपा–३ का वडाध्यक्ष सूर्यबहादुर शाहीले बताउनुभयो । उहाँका अनुसार वडाभित्रका केही विद्यालयमा विद्यार्थीका अनुपातमा बालमैत्री शौचालय अपुग छ ।

जिल्ला तथा नगरपालिका बालमैत्री स्थानीय शासनका पदधिकारीको संयुक्त अनुगमनपश्चात हालै सदरमुकाम मान्ममा बसेको बैठकले अनुगमन गरिएका उक्त नगरपालिकाका १ र ३ वडालाई आगामी कात्तिक १६ गते बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने तयारी गरेको छ भने वडा नं २ र ४ लाई यसअघि नै घोषणा गरिसकेको नगरपालिकाका उपप्रमुख दन्ता नेपालीले बताउनुभयो ।रासस



प्रतिक्रिया दिनुहोस्