Logo

जन्मदिनको रकमले छात्रवृत्ति



काठमाडौँ, २८ असोज । प्रदेश नं ३ का सांसद रामेश्वर फुँयालले छोरी युना फुँयालको जन्मदिनका अवसरमा दुई विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका छन।

सांसद फुँयालले जन्मदिनको अवसरबाट सङ्कलित रकम कागेश्वरी मनोहरा–१ मा सञ्चालित दुई सामुदायिक विद्यालयका विद्यार्थीलाई नगद रु १०÷१० हजार छात्रवृत्ति प्रदान गरेका थिए ।

यसैगरी निवन्ध प्रतियोगितामा उत्कृष्ट विद्यार्थीलाई समेत जन्मदिनको अवसरमा सङ्कलित भएको रकम प्रदान गरिएको छ । कागेश्वरी मनोहरा वडा नं १, २ र ३ का चार सामुदायिक विद्यालयबीचको प्रतियोगितामा सहभागी दुई विद्यार्थीलाई नगद रु पाँच हजारका दरले पुरस्कृत गरिएको हो ।



प्रतिक्रिया दिनुहोस्