Logo

तीन महिनामा मुलुकमा आठ करोड रुपैंयाँको तास आयात



काठमाडौ १६ कार्तिक ।पछिल्लो तीन महिनामा मुलुकमा आठ करोड रुपैंयाँको तास आयात भएको छ । तास खेल्ने पर्व तिहार नजिकिंदै गर्दा यसको आयात ५२ लाख प्याकेटभन्दा धेरै भएको छ । यो तथ्याकं गत आर्थिक बर्षको सोही अवधिको तुलनामा ४६.७६ प्रतिशत धेरै हो ।

भन्सार विभागका अनुसार चालु आर्थिक बर्षको पहिलो तीन महिनामा ८ करोड ६ लाखा ५४ हजार रुपैंयाँ बराबरको ५१ लाख ९३ हजार ८ सय प्याकेट तास आयात भएको छ

सबैभन्दा धेरै तास असोजमा भित्रिएको छ । नेपालीको दोस्रो ठूलो चाड तिहारमा जुवातास खेल्ने परम्परा छ । तिहारलाई लक्षित गरेर तास भित्रिएको देखिन्छ ।

तथ्याकं अनुसार तीन महिनामा आयात भएको ८ करोड साढे ६ लाख रुपैंयाँको तास मध्ये असोजमा झन्डै आधा तास आयात भएको देखिन्छ ।

साउनमा १ करोड४७ लाख र भदौमा ३ करोड ६ लाख ४८ हजारको तास आयात भएको छ । असोजमा ४ करोड ५४ लाखको आयात भएको तथ्यांक छ । -नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot