Logo

सन्दीप लामिछानेलाई भिसा नदिएको विषयमा अमेरिकी दूतावासको प्रतिक्रिया, ‘व्यक्तिगत भिसाका मुद्दामा टिप्पणी गर्न मिल्दैन्’



काठमाडौं, जेठ १० । क्रिकेटर सन्दीप लामिछानेको भिसालाई लिएर नेपालस्थित अमेरिकी दूतावासले आफ्नो प्रतिक्रिया दिएको छ । दूतावासले अमेरिकी कानुन अनुसार व्यक्तिगत भिसाका मुद्दाहरूमा टिप्पणी गर्न नमिल्ने जनाएको हो ।

भिसा रेकर्डहरू अमेरिकी कानुन अन्तर्गत गोप्य रहने भएकाले केही भन्न नमिल्ने दूतावासले जनाएको छ । विश्वकपमा सहभागी हुन अमेरिका जान लागेका क्रिकेटर सन्दीप लामिछानेको भिसा दूतावासले अस्वीकृत गरेको छ ।

अमेरिका र वेस्ट इन्डिजमा हुन लागेको टी-२० विश्वकप खेल्न जान लागेका लामिछानेलाई दूतावासले भिसा दिन अस्वीकृत गरेको हो ।

क्रिकेटर सन्दीप लामिछानेको अमेरिकी भिसाका बारेमी अमेरिका दुतावासको भनाइः

“संयुक्त राज्य अमेरिकामा आयोजना हुने टि-२० विश्वकपमा नेपालको पुरुष राष्ट्रिय क्रिकेट टोली, द राइनोज,को सहभागिताबारे अमेरिकी दूतावास अत्यन्तै उत्साहित छ र वास्तवमा प्रस्थानपूर्व उक्त टोलीको सराहना र प्रोत्साहन गर्न यस दूतावासका केही अधिकारीले केही हप्ताअघि सो टोलीसँग भेट पनि गरेका थिए । आउँदै गरेका खेलहरूका निम्ति सम्पूर्ण टिमलाई हाम्रो शुभकामना छ ।

उपयुक्त भिसा वर्गका लागि योग्य हुने राष्ट्रिय क्रिकेट टोलीहरूका सदस्य विश्वकपमा प्रतिस्पर्धा गर्न समयमै अमेरिकाको यात्रा गर्न सक्षम होउन् भन्ने सुनिश्चित गर्न काठमाडौँस्थित अमेरिकी दूतावास र विश्वभरका अन्य अमेरिकी कन्सुलर पोस्टहरूले एकजुट भई काम गरेका छन् । अमेरिकी कानुनअनुसार भिसासम्बन्धी अभिलेखहरू गोप्य हुने भएकोले हामी भिसाको कुनै केस विशेषबारे टिप्पणी गर्न सक्दैनौँ ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot