Logo

‘नाजायज काम गर्न’ अटेर गर्दा कुँवरको सरुवा



काठमाडौं १८ कार्तिक ।  ओशो तपोवनले तटबन्ध बनाउने क्रममा मुड्खु सृजनशील महिला सामुदायिक वन उपभोक्ता समूहको वनमा क्षति पुर्‍याएको उजुरी परेपछि शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जले ठेकेदार रामशरण खडा र दुई ट्रक चालकलाई पक्राउ गर्‍यो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत (चिफ वार्डेन) कमलजंग कुँवरले उनीहरूलाई थुनामा राखेर कारबाही अघि बढाए । वनमन्त्री शंकर भण्डारी थिए भने निकुञ्ज विभागको महानिर्देशक मनबहादुर खडा । तत्कालीन वनमन्त्री भण्डारीले कारबाही अघि बढाइएका व्यक्तिलाई छुटाउन महानिर्देशक खडामार्फत कुँवरलाई दबाब दिएका थिए । तर कुँवरले कानुनअनुसार अघि बढ्ने अडान लिए । पछि चालक र ठेकेदार खडा धरौटीमा रिहा भए । मुद्दा अहिले पनि विचाराधिन छ ।

महानिर्देशक खडाले भने मुद्दा चलाउने विषय निकुञ्जकै भएकाले त्यसबारे आफूलाई खासै जानकारी नभएको शनिबार कान्तिपुरसित बताए ।

भण्डारीले केही निकट व्यक्तिलाई प्रक्रिया पूरा नगरी निकुञ्जमा करारमा भर्ना गराउन खडामार्फत नै दबाब दिएका थिए । कुवरले त्यसलाई पनि अटेर गरेपछि महानिर्देशक खडाले उनलाई हटाउने सूचीमा समेटेका थिए ।

यसैबीच उक्त मुद्दाको फैसला नहुँदै कुँवर शिवपुरी–नागार्जुन निकुञ्जको प्रमुखबाट हटाइएका छन् । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बाँके निकुञ्जमा चिफ वार्डेन रहेका दिलबहादुर पुर्जा पुनलाई नागार्जुन ल्याएका छन् । मन्त्रालयका सचिव विश्वनाथ ओलीले कुवँरले निकुञ्ज व्यवस्थापनमा अव्वल काम गरेकाले हटाउन नहुने भन्दै एक महिनासम्म अडान लिए पनि मंगलवार उनलाई विभागमा सरुवा गरिएको हो ।

तपोवनले धार्मिक वनका रुपमा पाएको ३७ रोपनी जमिनमा अवैध निर्माण गरेको पाइएपछि चिफ वार्डेन कुवँरले उक्त वन धार्मिक वनबाट फिर्ता लिएका छन् । धार्मिक वनमा मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली २०५२ विपरित गतिविधि गरेको पाइएपछि फिर्ता गरिएको पत्र निकुञ्जले बिहीवार ओशो तपोवनलाई बुझाएको छ ।

तपोवनले मध्यवर्ती धार्मिक वनभित्र वातावरणमा प्रतिकूल असर पर्ने गरी सडक, पुल र भवन निर्माण गरि व्यापार सञ्चालन गरेको थियो । तपोवनका सदस्यसचिव सुदीप पौडेलले स्थायी संरचनाहरु घर टहरा, ध्यान मन्दिर, ओशो समाधीलगायत तपोवनको स्वामित्वमै रहेको १७ रोपनी जमिनभित्रै बनाइएको शनिवार विज्ञप्तिमार्फत् दाबी गरेका छन् ।

वन मन्त्रालय स्रोतका अनुसार कुँवर निकुञ्जमा प्रमुख रहिरहँदा अवैध गतिविधि मौलाउन नसक्ने देखिएपछि शक्ति केन्द्रलाई रिझाएर गतिविधि गरेकाहरुले उनको सरुवाका लागि दबाब दिइरहेका थिए । तीन महिना अघि निकुञ्जलाई थाहै नदिइ मेलम्ची खानेपानीले सुन्दरीजलस्थित् निकुञ्ज क्षेत्रमा रिजर्भवायर बनाउनका लागि खन्न खोजिएपछि कुँवरले रोक लगाएका थिए । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot