Logo

बजारमा तिहार लाग्यो, झिलिमिलि बत्तीको व्यापार बढ्यो



काठमाण्डौ । तिहारलाई बत्तीको चाँडका रुपमा लिइन्छ । घर घरमा दिपावली गरेर लक्ष्मीलाई भित्रयाउने मान्यता अननुरुप घर वरिपरि दियो बाल्ने प्रचलन थियो । तर अचेल भने दियोको सट्टा झिलिमिलि बत्तीले घर सजाउने गरिन्छ ।

तिहारमा घरलाई झिलिमिलि पार्नका लगि अहिले काठमाडौं उपत्यकाका बजारमा झिलिमिलि बत्ति किन्नेको भिड लागेको छ । प्राय उपत्यकाका पसलहरु बत्तीले झिलिमिलि बनेका छन् ।

उपत्यकामा झिलिमिलि बत्ती किन्नेदेखि पुजापाठका सामग्री, माला र भाईटीकाकालागि चाहिने आवश्यक सामग्री किन्नेहरुको भिड लागेको छ । खासगरी राजधानीको असन, इन्द्रचोक, न्यूरोड, सुनधारा, बानेश्वर, कालिमाटी लगायतका स्थानहरुमा उपभोक्ताको भिडभाड देखिन्छ ।

बजारमा तिहारका सामाग्री किन्नेहरुको भिडभाड देखिएपनि व्यापार भने नभएको व्यापारीहरुको भनाइ छ । गत वर्ष यतिखेर तिहारको सामाग्री लगायत झिलिमिलि बत्ती निकै बिक्रि भएकोमा यस वर्ष नविकेको उनिहरुको वताउछन् ।

व्यापारीहरुले यसो भनीरहदा नेपाल विद्युतिय व्यवसायी महासंघ भने गत वर्ष भन्दा यस वर्ष आयात बढेको वताउछन् । तिहार बिशेष झिलिमिलि बत्ति लगायत सामाग्री चिन र भारत करिब ६० करोड सम्म आयात भएको महासंघको भनाइ छ ।

उसो त बिद्युतका झिलिमिलि बत्तीले उपत्यका लगायत, विभिनन सहरहरु रंगी चंगी भएका छन । तर यस्ता बिद्युतिय सामग्रीले परम्परा देखी चल्तीमा आएको दियो र मैन बत्ती को व्यापार भने कम हुदै गएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot