Logo

निर्वाचन आयोगद्वारा संसद् सचिवालयलाई अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी दर्ता भएको जानकारी



काठमाडौं, २४ वैशाख । निर्वाचन आयोगले सङ्घीय संसद् सचिवालयलाई अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी दर्ता भएको जानकारी पठाएको छ । आज (सोमबार) आयोगले अशोक राई नेतृत्वको दललाई दल दर्ताको प्रमाणपत्र दिएसँगै उक्त जानकारीको पत्र पठाएको हो ।

अशोक राईसहित जनता समाजवादी पार्टी (जसपा) नेपालका नेताहरुले पार्टी अध्यक्ष उपेन्द्र यादवसँग विद्रोह गरेर दल विभाजन गराएका थिए । दल दर्ताका लागि निवेदन दिइएकोमा आज आयोगले दल दर्ताको प्रमाणपत्र दिएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot