Logo

त्रिविको वार्षिक प्रणालीको नतिजा झन नाजुक



काठमाडौं, ५ मंसिर । वार्षिक प्रणालीमा सञ्चालित स्नातक तहमा बढीमा ४५५ र सेमेस्टरमा सञ्चालित स्नातकोत्तरमा ९०५ सम्म उत्तीर्णत्रिभुवन विश्वविद्यालयमा सेमेस्टर प्रणालीमा पढाइ हुने विषयको नतिजामा सुधार हुँदै गर्दा वार्षिक प्रणालीको नतिजा भने नाजुक देखिएको छ ।

वार्षिक प्रणालीमा पढाइ भएका स्नातक तहका विषयमा उत्तीर्ण नतिजा १५ देखि ४५ प्रतिशतसम्म मात्रै आउँदा सेमेस्टर लागू गरिएका स्नातकोत्तर तहका विषयमा ४५ देखि ९० प्रतिशतसम्म उत्तीर्ण नतिजा आएको हो । वार्षिक प्रणालीमा सबैभन्दा कमजोर नतिजा शिक्षाशास्त्र संकायको छ । परीक्षा नियन्त्रण कार्यालयका परीक्षानियन्त्रक पुष्पराज जोशीका अनुसार बिएस्सी, बिबिएस, बिएड र बिएमध्ये सबैभन्दा कमजोर नतिजा बिएडको छ ।

सेमेस्टर प्रणालीमा पनि तुलनात्मक रूपमा शिक्षाशास्त्र संकायकै नतिजा कमजोर छ । त्रिविले सेमेस्टर प्रणाली सञ्चालन गरेको स्नातकोत्तर तहको पाँच संकाय र चार अध्ययन संस्थानमध्ये शिक्षाशास्त्रको नतिजा कमजोर देखिएको हो । सो संकायमा पहिलो र दोस्रो सेमेस्टरमा अध्ययन गर्ने विद्यार्थीको उत्तीर्ण प्रतिशत ४५ प्रतिशतको हाराहारी मात्रै छ ।

‘एमएड पहिलो र दोस्रो सेमेस्टरमा उत्तीर्ण प्रतिशत ५० प्रतिशतभन्दा कम छ,’ शिक्षाशास्त्र संकायका सहायक डिन बलराम रायमाझीले भने, ‘तेस्रो सेमेस्टरमा पुगेपछि विद्यार्थी संख्या घट्ने भएकाले उत्तीर्ण प्रतिशत ७५ भन्दामाथि छ ।’ विद्यार्थीको सिकाइ उपलब्धि बढाउने उद्देश्यले ०७२ देखि त्रिविका केन्द्रीय विभागहरूमा स्नातकोत्तर तहबाट सेमेस्टर प्रणाली सुरु भएको हो ।

बिएडमा १७ प्रतिशत, बिबिएसमा ३० प्रतिशत उत्तीर्ण

परीक्षानियन्त्रक पुष्पराज जोशीका अनुसार ०७४ को परीक्षामा तीनवर्षे बिएडको नतिजा औसत २२।४२ प्रतिशत छ । ०७३ को भन्दा प्रतिशतमा यो नतिजा सुधारिएको देखिए पनि सन्तोषजनक हैन । ०७३ मा तीनवर्षे बिएडमा १७।८९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।

पनिकाका अनुसार ०७२ मा बिएडको समग्र उत्तीर्ण प्रतिशत १५।०४ थियो । चारवर्षे बिएडमा समेत १६।७८ प्रतिशत मात्र उत्तीर्ण भएका छन् । चारवर्षे बिएडको पहिलो र दोस्रो वर्षको मात्र नतिजा सार्वजनिक भएको छ ।

वार्षिक प्रणालीमा पढाइ हुने चारवर्षे बिबिएसमा ०७४ को उत्तीर्ण प्रतिशत ३०।७१ प्रतिशत पुगेको छ । तीनवर्षे बिबिएसमा ०७३ मा २४।३६ प्रतिशत उत्तीर्ण भएका थिए ।

बिएभन्दा बिएस्सीको नतिजा कमजोर

त्रिविमा पछिल्ला वर्षहरूमा बिएभन्दा बिएस्सीको नतिजा कमजोर आएको छ । परीक्षानियन्त्रक पुष्पराज जोशीका अनुसार ०७४ मा बिएस्सीका विद्यार्थीको उत्तीर्ण प्रतिशत ४०।५८ मात्रै रह्यो । सोही वर्ष बिएमा ४४।५५ प्रतिशत उत्तीर्ण भएका छन् । ०७३ मा पनि औसतमा स्नातक तहमा विज्ञानभन्दा मानविकी तथा सामाजिकशास्त्र संकायका विद्यार्थीको नतिजा राम्रो छ ।

०७३ मा विज्ञानका विद्यार्थीको उत्तीर्ण प्रतिशत ३५।९९ रहँदा मानविकीमा ३९।५५ प्रतिशत उत्तीर्ण भए । मानविकीमा उत्तीर्ण प्रतिशत प्रत्येक वर्ष बढ्दै गएको पाइएको छ । ०७२ मा ३२।८ प्रतिशत उत्तीर्ण भएकामा ०७४ सम्म बढ्दै गएर ४४।५५ प्रतिशत पुगेको हो ।

इन्जिनियरिङमा सम्बन्धनप्राप्त भन्दा आंगिकको नतिजा राम्रो

इन्जिनियरिङ अध्ययन संस्थानका डिन प्रा।डा। त्रिरत्न मानन्धरले अहिले औसत नतिजा ७५ प्रतिशत रहेको बताए । पुल्चोक इन्जिनियरिङ क्याम्पसको ९९ प्रतिशत उत्तीर्ण रहेको बताए । डिन मानन्धरका अनुसार सम्बन्धनप्राप्त क्याम्पसको नतिजा ६० प्रतिशतको हारहारीमा छ । ‘केही सम्बन्धनप्राप्त कलेजको उत्तीर्ण २० देखि ३० प्रतिशतसम्म पनि हुने गरेको छ,’ उनले भने ।

सेमेस्टरमा मानविकीमा ९० प्रतिशतसम्म उत्तीर्ण

सेमेस्टर प्रणाली लागू भएपछि मानविकीमा ८० देखि ९० प्रतिशत उत्तीर्ण भएको मानविकी तथा सामाजिकशास्त्र संकायका डिन प्रा।डा। शिवलाल भुसालले बताए । केही विषयमा शतप्रतिशत पनि उत्तीर्ण भएको उनको भनाइ छ । व्यवस्थापन संकायका डिन प्रा।डा। डिल्लीराज शर्माले स्नातकोत्तरमा औसत उत्तीर्ण ७५ प्रतिशत रहेको बताए । नियमित हाजिर हुनुपर्ने र थोरै विद्यार्थीले अध्ययनको मौका पाउने भएकाले नतिजा पहिलेभन्दा राम्रो भएको उनीहरू बताउँछन् ।

त्रिविको बजेट आकार बढ्दो, वार्षिक २१ अर्ब १० करोड

त्रिभुुवन विश्वविद्यालयको वार्षिक बजेटको आकार बढ्दो छ । त्रिविले आर्थिक वर्ष ०७५र७६ का लागि २१ अर्ब १० करोडको बजेट पारित गरेको छ । त्रिवि सभाले ११ अर्ब ३१ करोड सरकारको अनुदान र ९ अर्ब ७९ करोड आन्तरिक स्रोतबाट बेर्होने गरी तयार पारेको बजेटको प्रस्ताव पारित गरेको हो ।

उसले पुनर्निर्माण र गुणस्तर सुधारलाई आफ्नो प्राथमिकतामा राखेको छ । रजिस्ट्रार डिल्ली उप्रेतीले आव ०७५र७६ को बजेटले पूर्वाधार निर्माण, सेमेस्टर प्रणालीको सुदृढीकरण, शिक्षण क्रियाकलापमा प्रविधि प्रयोगको विस्तार, अनुसन्धान, प्राविधिक शिक्षाको विस्तार, पाठ्यक्रम परिमार्जनलाई प्राथमिकतामा राखेको बताए ।

उपकुलपति प्रा।डा। तीर्थराज खनियाँले सन् २०३० सम्म विश्वका उत्कृष्ट विश्वविद्यालयको सूचीमा त्रिवि पर्ने गरी सुधारका प्रयास भइरहेको बताए । उनले विकासका लागि त्रिवि भिजन, २०३० तयार गरी कार्यान्वयन गर्न लागेको बताए ।

बिएभन्दा बिएस्सीको नतिजा कमजोर

त्रिविमा पछिल्ला वर्षहरूमा बिएभन्दा बिएस्सीको नतिजा कमजोर आएको छ । परीक्षानियन्त्रक पुष्पराज जोशीका अनुसार ०७४ मा बिएस्सीका विद्यार्थीको उत्तीर्ण प्रतिशत ४०।५८ मात्रै रह्यो । सोही वर्ष बिएमा ४४।५५ प्रतिशत उत्तीर्ण भएका छन् । ०७३ मा पनि औसतमा स्नातक तहमा विज्ञानभन्दा मानविकी तथा सामाजिकशास्त्र संकायका विद्यार्थीको नतिजा राम्रो छ । ०७३ मा विज्ञानका विद्यार्थीको उत्तीर्ण प्रतिशत ३५।९९ रहँदा मानविकीमा ३९।५५ प्रतिशत उत्तीर्ण भए । मानविकीमा उत्तीर्ण प्रतिशत प्रत्येक वर्ष बढ्दै गएको पाइएको छ । ०७२ मा ३२।८ प्रतिशत उत्तीर्ण भएकामा ०७४ सम्म बढ्दै गएर ४४।५५ प्रतिशत पुगेको हो ।

वार्षिकमा भन्दा सेमेस्टर प्रणालीको नतिजा किन राम्रो ?

प्रा.डा.विद्यानाथ कोइराला, शिक्षाविद्

वार्षिक प्रणालीमा शुल्क कम भएकाले भर्ना भएर पनि पढ्न नआउने धेरै हुन्छन् । त्यसैले कसरी पढ्ने र परीक्षामा कस्तो प्रश्न आउँछ भन्ने जानकारी हुँदैन । अन्तर्राष्ट्रिय अध्ययनहरूले पनि कक्षामा नियमित उपस्थित नहुने विद्यार्थीको नतिजा राम्रो नभएको देखाएको छ । सेमेस्टरमा नियमित हुनुपर्ने, धेरै शुल्क तिर्नुपर्ने, शिक्षकको समेत सपोर्ट रहने र परीक्षामा आउने प्रश्नको ‘प्याट्रन’ पनि थाहा हुने भएकाले नतिजा राम्रो आएको हो । नयाँ पत्रिका



प्रतिक्रिया दिनुहोस्

Screenshot