Logo

पुस्तकालय भवन निर्माणका लागि जापानीद्वारा सहयोग



काठमाडौँ,५ मङ्सिर । जनता आधारभूत विद्यालय निस्दी गाउँपालिका– ५ पाक्दी पाल्पामा पुस्तकालय भवन निर्माणका लागि एक जापानी नागरिकबाट रु चार लाख आर्थिक रकम सहयोग प्राप्त भएको छ ।

पाल्पालाई कर्मथलो बनाउँदै आउनुभएका जापानी नागरिक काजुमासा काकिमी ओकेबाजेले सो विद्यालयमा पुस्तकालय भवनको अभाव भएपछि रु चार लाख आर्थिक सहयोग गरेका हुन । साथै विद्यालयको भूइँबसाइ र ¥याक निर्माणका लागि उनले रु ५० हजार आर्थिक रकम सहयोग गरेको शिक्षक अभिभावक सङ्घका अध्यक्ष दुर्गा सोमैले जानकारी गराए।

सम्बन्धित समाचार

देवघाटको पुस्तकालय नमूना

रित्तै हात फर्कन्छन् राष्ट्रिय पुस्तकालय पुग्ने पाठक

भारतद्वारा नेपाल प्रज्ञा प्रतिष्ठानका लागि पुस्तकालय भवन निर्माण

यसैगरी ओकेबाजेले सरस्वती मावि निस्दी गाउँपालिका–५ कठैडाँडामा गरीब तथा जेहेन्दार विद्यार्थीको नाममा छात्रवृत्तिका लागि रु दुई लाख अक्षयकोष स्थापना गरिदिएका छन । उनले विद्यालयमा स्मार्ट पार्टी खरीद गर्न रु ५० हजार रकम पनि सहयोग गरेको प्रधानाध्यापक चन्द्रकान्त गैरेले जानकारी गराए । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot