Logo

बस दुर्घटना: मृतक १८ मध्ये १६ जनाको सनाखत



हरिश चन्दःडडेल्धुरा ७ मंसिर । डडेल्धुरामा बिहिवार भएको वस दुर्घटनामा परि मृतक भएका १८मध्ये १६ जनाको सनाखत भएको छ । मृत्यु हुनेमा डडेल्धुरा नवदुर्गा गाउँपालिका चौपालाका २२ वर्षीय चक्र धामी, डोटी दिपायल सिल्गडी नगरपालीका ४ की ३५ वर्षीया ससि विक, डोटी सिखर नगरपालीका ११ की २५ वर्षीया गोपा भाट, सोही गाउँपालिका ८ का ४० वर्षीय कैलाश रावल, सोही स्थानका ४० वर्षीय यागेन्द्र रावल रहेका छन् ।

त्यस्तै सोही नगरपालीका १० का १६ वर्षीय रोहित वलायर, डडेल्धुरा नवदुर्गा गाउँपालिका ४ की १६ वर्षीया माया रावल, सोही गाउँपालिका ३ का २२ वर्षीय तिलक खाती, सोही स्थानका १८ वर्षीय टेक धामी, कैलाली गोदावरी नगरपालीका २ का २१ वर्षीय केशव कडायत, सोही स्थानकी २० वर्षीया सारदा कडायत, सोही नगरपालीका १० का २३ वर्षीय पुरन कठायत, डोटी शिखर नगरपालीका ९ का २२ वर्षीय योगेन्द्र वोहरा, सोही स्थानका २४ वर्षीय शंकर जोरा, सोही नगरपालीका ८ का २० वर्षीया शारदा रावल, कैलाली धनगढी उप-महानगरपालीका ९ का २८ वर्षीय नारायन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नयाव उपरिक्षक डम्बर बहादुर केसीले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot