Logo

कोशीले आजै नयाँ मुख्यमन्त्री पाउने, सरकार गठनको आह्वान र दाबी पेश एकैपटक!



काठमाडौं,२६ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की कामचलाउन मुख्यमन्त्रीमा परिणत भएपछि नयाँ सरकारबारे के गर्ने भन्ने दुविधामा रहेका प्रदेश प्रमुख परशुराम खापुङले आजै नयाँ सरकार गठनको आह्वान गर्ने भएका छन् ।

सत्ता साझेदार दलहरु नेकपा एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरएपछि अल्पमतमा परेका मुख्यमन्त्री कार्कीले मंगलबार सम्ममा प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने थियो । तर, कार्कीले प्रदेश सभाबाट विश्वासको मत लिएनन् । कार्कीले विश्वासको मत नलिएपछि नयाँ सरकार निर्माण हुन लागेको हो ।

प्रदेश सभाको निर्देशन नटेरेपछि कांग्रेस र एमालेका नेताहरुले प्रदेश प्रमुखलाई भेटेर नयाँ सरकार गठनको आह्वान गर्न दवाव दिँदै आएका छन् । बिहान प्रदेश प्रमुखलाई भेटेका उनीहरु फेरि दोस्रो चरणको छलफलका लागि प्रदेश प्रमुखको कार्यालयमा पुगेका थिए । प्रदेश प्रमुखको कार्यालयमा पुगेर दुई दलले निवेदन दिएका छ्न ।

कार्यालय समयभित्रै आह्वानको तयारी भइरहेको प्रदेश प्रमुखको कार्यालय स्रोतले बताएको छ । नयाँ सरकार गठनको आव्हानलगत्तै आजै ५ बजेसम्ममा बहुमत सहित दाबी गर्ने आफूहरूको तयारी रहेको एमालेले जनाएको छ ।

सरकार गठनको आह्वान र दाबी पेश आजै भएको कोशीले नयाँ मुख्यमन्त्री आजै पाउँनेछ । नयाँ मुख्यमन्त्रीमा एमाले प्रदेश संसदीय दलका नेता हिक्मत कार्की नियुक्त हुनेछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot