Logo

मुम्बई आक्रमणकाबारे जानकारी दिनेलाई अमेरिकाले ५० करोड दिने



काठमाडौं । अमेरिकाले सन् २००८ मा मुम्बईमा भएको आक्रमणमा सहभागी आतंककारी तथा योजनाकारको बारेमा सूचना दिनेलाई पुरस्कार दिने घोषणा गरेको छ । अमेरिकी सरकारले आक्रमणका बारेमा सूचना दिने व्यक्तिलाई ५० लाख डलर९झण्डै ५० करोड नेपाली रुपैयाँ० प्रदान गर्ने घोषणा गरेको छ ।

लश्कर-ए-तैयबासँग जोडिएका पाकिस्तानका १० जना आतंकारीको समूहले सन् २००८को नोभेम्बर ११ मा गरेको आक्रमणमा ६ अमेरिकी नागरिकसहित १६६ जनाको ज्यान गएको थियो । जुन घटनालाई ९२६र११० घटनाका नामले पनि चिनिन्छ । द टाइम्स अफ् इन्डियाका अनुसार अमेरिकी विदेश मन्त्रालयले मुम्बई आक्रमणमा संलग्न आंतककारीका बारेमा सूचना दिनका लागि इमेल र फोन नम्बर सार्वजनिक गरेको छ ।

त्यस्तै आक्रमणकारीका बारेमा नजिकको अमेरिकी दूतावासमा गएर क्षेत्रीय सुरक्षा अधिकृतलाई भेटेर जानकारी दिन सकिन्छ । अमेरिकाले रिवार्ड्स फर जस्टिस अन्तर्गत यो पुरस्कारको घोषणा गरेको हो । अमेरिकाले यो कदम भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा अमेरिकी उपराष्ट्रपति माइक पेन्सबीच सिंगापुरमा भएको भेटघाटपछि उठाएको हो ।

भारत लश्कर-ए-तैयबाका संस्थापक हाफिज सइदलाई मुम्बई आक्रमणका मुख्य योजनाकार भएको बताइन्छ । भारतीय सुरक्षा एजेन्सीले पाकिस्तानलाई यसको बारेमा प्रमाण दिइसकेको पनि छ । तर पाकिस्तानले भने कुनै कदम नचालेको आरोप भारतीय पक्षले लगाउँदै आएको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot