Logo

इतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपालले भन्यो : ‘ओली सरकार असफल भयो, फाईदा उठाउँदै अहिले व्यापारीकरण गरिरहेको छ’



आन्तरिक गृहयुद्ध रोक्नको लागि समान समानतामूलक शासन व्यवस्था हुनुपर्छ : अध्यक्ष ठाकुर (भिडियोसहित)
‘मानसिकता ह«ास भएका व्यक्तिको हातमा सत्ता छ, कसरी देश विकास हुन्छ ?’
काठमाडौं, १० मंसिर । इतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपालले मुलुकमा पहाडी र मधेशी समूदायबीच एकता कायम गर्दै समान समानुपातिक समावेशितामूलक सिद्धान्तमा आधारित शासन सञ्चालन प्रणाली हुनुपर्ने माग गरेको छ ।

सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर उक्त पार्टीले यस्तो माग गरेको हो । पार्टीका राष्ट्रिय अध्यक्ष बद्री नारायण ठाकुरले मुलुकमा पछिल्लो समय पहाडी र मधेशी समूदायबीच दुरी बढ्दै गएको र अन्तरद्वन्द्वका कारण देश आन्तरिक गृह युद्धमा जाने खतरा औंल्याए । उनले मुलुकमा हुनसक्ने आन्तरिक गृह युद्धलाई रोक्नको लागि पनि यथाशक्य दुई समुदायबीच एकता, सद्भाव र समानता कायम गरिनुपर्ने आफ्नो पार्टीको माग रहेको स्पष्ट पारे ।

त्यस्तै अध्यक्ष ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार यो ९ महिनामा पूर्ण रुपमा असफल भएको दाबीसमेत गरे । वर्तमान सरकारले राजनीतिक अकर्मण्यताको फाईदा उठाउँदै पूर्ण रुपमा व्यापारीकरण गरिरहेको पनि उनको गम्भिर आरोप छ ।

ठाकुरले प्रधानमन्त्री र मन्त्रीहरुले जनताको हितविपरित काम गर्दै हिँडेको बताउँदै सरकार असफलताको बाटोमा अग्रसर रहेको जिकिर गरे । उनले भने,‘वर्तमान राजनीतिक परिपाटीले देश र समाज बन्दैन्, देशको विकास हुँदैन, समाजको भलो हुँदैन, प्रधानमन्त्री ओली सपनाहरु बाँढिरहेका छन्, अन्य मन्त्रीहरु प्रधानमन्त्रीकै शैलीमा गफ गर्दै समय बिताउँदैछन्, विधिको शासनबाटै भ्रष्टाचार भैरहेको छ । अहिले भ्रष्टाचार यसरी मौलाएको छ कि यो अब नियन्त्रणभन्दापनि बाहिर जानेवाला छ । देश दलदलमा भासिएको छ, यो बेला हामी फरक कोणबाट देशको उत्थान र विकास गर्न चाहन्छौं ।’

अध्यक्ष ठाकुरले मुलुक विरक्त बनेको अवस्थामा सरकारका जिम्मेवार मन्त्रीहरु भने विदेश भ्रमणमा व्यस्त र मस्त रहेको उल्लेख गरे । उनले अघि भनेका छन्,‘ समाजमा बलात्कारका घट्नाहरु बढिरहेका छन्, अत्याचारले सीमा नाघेको छ, निर्मला पन्तका हत्यारालाई कारबाही गर्न सकेको छैन्, कसरी कमाउने ? कसरी रमाउने ? कसरी धनी बन्ने ? भन्नेमा चिन्तामा छन्, जनताको भलाईको लागि कसरी काम गर्न सकिन्छ भन्नेमा कोही पनि चिन्तित छैनन्, बिकेको नैतिकता, ह«ास भएको मानिसकता भएका मानिसहरुको हातमा सत्ता छ, कसरी देशको विकास र समृद्धि हासिल हुन्छ ?’

अध्यक्ष ठाकुरले प्रेस विज्ञप्ती वाचन गर्दै भने,‘मशेध एवम् राष्ट्रको आवश्यकता, समानता, समानुपातिक, समावेशिता, मधेश तथा राष्ट्रिय समस्या समाधान, नेपाल बचाउ, समाज जोगाउ, आजको आवश्यकता, समान समानुपातिक, समावेशीता नै हाम्रो राष्ट्रको राष्ट्रियता हो ।’

नेपाल राज्यको भौगोलिक अवस्था, नेपाल राष्ट्रिय संघीय लोकतान्त्रिक, धर्म स्वाधिनता, २०७२ को संविधान, राष्ट्रिय पोशाक, प्रान्तको हकभोग, राष्ट्रिय नीति। राष्ट्रिय सम्पति, राजनीतिक नागरिक, नेपाल सरकारको प्रत्यक्ष लगानी, स्वास्थ्य सुरक्षाको व्यबस्था, नेपाल विद्युत, नेपाल कृषि प्रधान देशलगायतका विषयहरु पार्टीले अघि सारेको जानकारी दिएको छ ।

त्यस्तै कार्यक्रममा प्रा.डा.मोदराज बगालेले सत्ता शिक्षित व्यक्तिको हातमा नभएका कारण देश र समाजले दुःख पाईरहेको बताए । उनले भने,‘सबै कुराहरुको गाईड गर्ने राजनीति हो, त्यसैले राज्यसत्तामा गतिलो व्यक्ति जानुपर्छ, हाम्रो देशमा नेतारुहको लागि मात्रै २१औं शताब्धि आएको छ, जनताहरुको हालत उही छ्, जुनसुकै राजनीतिक दलहरुले ईमानदार हुनुपर्छ।’

उनले अघि थपे,‘वर्तमान सरकार हिडेको छैन्, घिस्रेको छ, वरिपरिका संरचनाहरु पनि ढल्छन्, भत्किनछन्, बिग्रिन्छन्, आज सरकारले यहि गरेको छ।’ कार्यक्रममा प्रोफेर सुवोधकुमार झालेपनि समसामयिक राजनतिक अवस्थाबारे आफ्नो धारणा राखेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot