Logo

उप-क्षेत्रीय अस्पताल डडेल्धुराको सुधारका लागि कार्यदल गठन



हरिश चन्दः डडेल्धुरा १० मंसिर । उप क्षेत्रीय अस्पताल डडेल्धुराको सुधारका लागि अमरगढी नगरपालीका प्रमुखको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । सोमबार अमरगढी नगरपालिकाको आयोजनामा एक अन्र्तक्रिया कार्यक्रममा उक्त कार्यदलको गठन गर्ने निर्णय गरिएको हो ।
उप क्षेत्रीय अस्पतालमा दरवन्दी अनुसारको चिकित्सकको साथै उपकरण र भौतिक पुर्वाधारको अभावका कारण विरामीले स्वास्थ्य उपचार नपाएको भन्दै जिल्ला स्थित राजनितिक दल, नागरिक समाज, बुद्धिजिवि प्रमुख जिल्ला अधिकारी र अन्य सरोकारवाला निकायका विच अन्र्तक्रिया कार्यक्रम गरिएको थियो ।
उप क्षेत्रीय अस्पतालमा दरवन्दी अनुसारको सेवा सुविधा विस्तारका लागि सरोकारवाला निकाय संग अन्र्तक्रिया गरिएको अमरगढी नगरप्रमुख विशेस्वर प्रसाद ओझाले वताउँनु भयो । आझाले यस पहाडि जिल्लाको केन्द्र विन्दुमा रहेको उप क्षेत्रिय अस्पताललाई थप सेवा सुविधा वनाउनका लागि सवैले आ–आफ्नोे क्षेत्रवाट सहयोग गर्न आग्रह समेत गर्न भयो ।
अमरगढी नगर प्रमुख विशेस्वर प्रसाद ओझाको संयोजकत्वमा गठन गरिएको कार्यदलले उप क्षेत्रीय अस्पतालको कर्मचारी व्यवस्थापनका साथै भौतिक पुर्वाधार र उपकरणका लागि जिल्ला स्थित स्थानिय सरकार,प्रदेश सरकार र संघिय सरकार संग माँग गर्नका लागि डेलीकेसनमा जाने वताइएको छ ।
उप क्षेत्रीय अस्पताल डडेल्धुरामा दरवन्दी अनुसारको चिकित्सक नहुँदा सात नम्वर प्रदेशका पहाडि जिल्ला बैतडी बझाङ दार्चुला डोटी, अछाम र बाजुराका विरामीले उपचारका लागि कैलाली देखी नेपालगञ्ज र भारत जानु पर्ने वाध्यता रहेको छ ।



प्रतिक्रिया दिनुहोस्