Logo

समिटले ओलीलाई तनाब : प्रचण्ड, झलनाथ र वामदेवको मोर्चाबन्दी सुरु



काठमाडौं, १८ मंसिर । विवादित बनेको एशिया प्यासिफिक समिटमा प्रधानमन्त्री ओली सहभागी भएसँग नेकपाभित्र अहिले उनको विरुद्धमा शीर्ष नेताहरु उत्रिएका छन् । ओलीले विवादस्पद संस्थाको कार्यक्रममा सहभागी जनाएर नेपालको अस्मिता, गरिमा र धार्मिक संस्कारमाथि प्रहार गरेको आरोप जनस्तरबाट आईरहेको बेला आफ्नै पार्टीका शीर्ष नेताहरुपनि उनको विरुद्धमा उत्रिएपछि ओली अहिले तनाबमा छन् ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेता झलनाथ खनाल, शीर्ष नेता वामदेव गौतम लगायतका प्रभावशाली नेताहरु ओलीको विरुद्धमा उत्रिएका छन् । भीम रावलले त पत्रकार ऋषि धमलाँगको अन्र्तवार्तामा प्रधानमन्त्री ओलीको राजिनामा नै मागेका थिए । उनले युनिभर्सल पिस फाउण्डेशनका नेपालका अध्यक्ष एकनाथ ढकाललाई तत्काल कारबाही गर्नुपर्ने समेत माग गरेका छन् । यदि कारबाही गर्न नसक्ने हो भने तत्काल प्रधानमन्त्रीबाट राजिनमा दिनुपर्ने उनको अडान छ ।

उक्त समिटमा निमन्त्रणा गरिएको भएपनि नेकपाका प्रायः सबै शीर्ष नेताहरुले सहभागिता जनाएनन् । अध्यक्ष प्रचण्डसमेत गएनन् । समापन समारोहमा प्रचण्डलाई मुख्य अतिथि बनाईएको थियो । तर, प्रचण्ड विरामी भएको बहाना बनाएर गएनन् ।

प्रधानमन्त्री ओली पनि खासै यसमा सहभागी हुन ईच्छुक थिएनन् । तर, पार्टीकै बरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधव नेपालको जालमा परेर फसेको भन्नेहरुपनि पार्टीभित्रै ठूलो आवाज छ । माधव नेपालले समिटको चेयर नै गरेका थिए । उनको अहिले चौतर्फी विरोध भैरहेको छ । तर, उनले पत्रकार धमलासँगकै टेलिभिजन अन्र्तवार्तामा समिटको विरुद्धमा लाग्नेहरुलाई सिध्याईदिने चेतावनी दिएका छन् । उनले एकनाथ ढकालको पनि खुलेर प्रशंसा गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्