Logo

त्रिविका पदाधिकारी खनिया, त्रिपाठी र उप्रेतीबीच जुँगाको लडाई, विद्यार्थीलाई यस्तो समस्या



काठमाण्डौ । नेपालको सबैभन्दा जेठो त्रिभुवन विश्वविद्यालय उपकुलपति तीर्थ खनिया, शिक्षाध्यक्ष सुधा त्रिपाठी र रजिष्टार डिल्लीराम उप्रेतीको टकरावका कारण लथालिंग भएको छ । बिश्वबिद्यालको पठनपाठन अस्तव्यस्त भएपछि आफनो भविश्य नै संकटमा पर्ने भयले बिद्यार्थीहरुसमेत निराश हुन थालेका छन् ।

यी गुनासो त्रिभुवन बिश्वबिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुको हो । बिश्वबिद्यालयका पदाधिकारीहरुबीच प्रतिष्ठाको लडाई चलेपछि बिश्वबिद्यालयका हजारौ बिद्यार्थीको भविश्य संकटमा परेको छ । उपकुलपति खनिया, रजिष्टार उप्रेती र शिक्षाध्यक्ष त्रिपाठीबीच आपसी विवादका कारण समयमा परीक्षा नहुने, नतिजा प्रकासित नहुने, शिक्षकहरु समयमा नआउने, कोर्स पूरा नगर्ने लगायतका समस्या देखिएका छन । यसले बिश्वबिद्यालयप्रतिको आकर्षण नै घटाएको छ ।

बिद्यार्थीहरुले आफनो समस्याबारे जति गुनासो गरेपनि कतै सुनुवाइ नहुँदा उनीहरु हैरान भएका छन । बिश्वबिद्यालयलाई आफना मान्छेलाई जागिर दिने केन्द्रकारुपमा विकास गर्न खोजेपछि पदाधिकारीबीच त्रिपक्षिय भिडन्त सुरु भएको हो ।

त्रिबिका पदाधिकारीहरुको विवादका कारण समेष्टर प्रणाली पनि प्रभावकारी हुन सकेको छैन । बिद्यार्थीहरु दैनिक घट्न थालेका छन । यति मात्र होइन विश्वविद्यालयको इतिहास विभाग अहिले पूरै खाली छ । त्यहाँ न बिद्यार्थीहरू छन् न त अध्यापन गराउने प्राध्यापकहरू नै । तीनजना पदाधिकारीका कारण विश्वबिद्यालय नै अस्तव्यस्त हुँदा पनि शिक्षा मन्त्रालय मौन रहनु अर्को दुर्भाग्य हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot