Logo

पार्टीको गतिविधि ठप्प पारेको भन्दै ओलीसँग प्रचण्ड रुष्ट !



काठमाडौं, २२ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्टभित्र अहिले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच दुरी ह्वात्तै बढेको छ । पार्टीनिकट उच्च स्रोतले दिएको जानकारीअनुसार प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले पछिल्लो समय अर्का अध्यक्ष प्रचण्डसँग कुनै सल्लाह नै नगरी एकलौटी रुपमा निर्णय गरेपछि दुई अध्यक्षबीचको दुरी बढेको हो ।

अहिले दुवै अध्यक्ष काठमाडौंमै हुँदापनि भेटवार्ता पातलिएको छ । एशिया प्यासिफिक समिट हुनुपुर्वसमेत यी दुई अध्यक्षबीच प्रायः भेटवार्ता भैरहेको थियो । तर, समिटका कारण भेटवार्तामात्रै होईन फोनवार्तापनि कम हुन थालेको बालुवाटार निकट उच्च स्रोतको दाबी छ ।

प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति प्रचण्ड यतिसारो असन्तुष्ट हुनुको बाहिरी कारण सांगठानिक एकीकरण, नेताहरुको जिम्मेवारी बाँडफाँट र पार्टी परिचालन विषय प्रधानमन्त्रीको प्राथमिकतामा नपर्नु देखाएपनि भित्री रुपमा ओलीले प्रचण्डसँग सल्लाह नै नगर्नु रहेको पाईएको छ ।

हालै काठमाडौंमा आयोजना गरिएको एसिया प्यासिफिक सम्मेलनमा प्रधानमन्त्रीको भूमिकालाई लिएर पनि नेकपाभित्र असन्तुष्टि बढेको छ। पार्टीमा पर्याप्त छलफल नगरी उक्त सम्मेलनमा प्रधानमन्त्री ओलीले सहभागिता जनाएका कारण दाहाल पनि असन्तुष्ट रहेको स्रोत बताउँछ।



प्रतिक्रिया दिनुहोस्