Logo

आजबाट ईपीएल क्रिकेटको तेस्रो संस्करण सुरु हुँदै



काठमाडौं, २२ मंसिर । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको तेस्रो संस्करण आजबाट सुरु हुँदैछ । घरेलु क्रिकेटको सबैभन्दा ठूलो फ्रेन्चाईज प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्दै छन् ।

प्रतियोगितामा काठमाडौं किङ्स इलाभेन, ललितपुर प्याट्रियट्स, विराटनगर वारियर्स, भैरहवा ग्लाडियटर्स, चितवन टाइगर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुँदै छ ।

काठमाडौंको कीर्तिपुरस्थित क्रिकेट मैदानमा आज दिउँसो १ बजे सुरु हुने उद्घाटन खेलमा साविक विजेता विराटनगर वारियर्स र ललितपुर प्याट्रियट्सले प्रतिस्पर्धा गर्ने छन् ।

पारस खड्काको विराटनगर र ज्ञानेन्द्र मल्लको ललितपुर पहिलो खेलमा सफलता हात पार्दै सुखद् सुरुवात गर्ने लक्ष्यमा हुनेछन् ।

राष्ट्रिय टोलीका कप्तानसमेत रहेका पारस खड्का नेतृत्वको विराटनगरले गतवर्ष शरद भेषावकर नेतृत्वको भैरहवा ग्लाडियटर्सलाई पराजित गर्दै उपाति जितेको थियो ।

कप्तान पारसले यस पटक पनि आफूहरुले उपाधि रक्षाकै लागि खेल्ने दाबी गरेका छन् । गत वर्ष क्वालिफायरमा पराजित हुँदै उपाधि होडबाट बाहिरिएको ललितपुुरले पनि उपाधि दाबी गरेको छ ।



प्रतिक्रिया दिनुहोस्