Logo

नेपाल, खनाल, गौतम र श्रेष्ठले बैठक बहिष्कार गरे, ओली-प्रचण्ड तनाबमा



काठमाडौं, २२ मंसिर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का चार नेताहरु माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले सचिवालय बैठक बहिस्कार गरेका छन् ।

आज अपरान्ह ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नै समयमै नआएपछि शीर्ष नेताहरु बैठक बहिष्कार गरेर निस्किएका हुन ।

निर्धारित समयमै प्रधानमन्त्री निवास बालुवाटार पुगेपनि बैठक सुरु नभएपछि आफूहरु निस्किएर हिँडेको नेता खनालले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्