Logo

यो वर्षको मिस वल्र्ड मेक्सिकोकी निकोलेन, नेपालकी श्रृंखला टप १२ सम्म



मंसिर २२, काठमाण्डौ । यो वर्षको मिस वल्र्ड मेक्सिकोकी निकोलेन घोषणा भएकी छिन् ।

मिस वर्ल्ड २०१८ को ताज मेक्सिकोकी सुन्दरी भर्नेसा पोन्स जितेकी छन् । चीनमा शनिबार सम्पन्न फाइनलमा चार देशकी सुन्दरीलाई पछि पार्दै उनी विश्वकै सुन्दरी बनेकी हुन् ।

थाइल्याण्डकी निकोलेन रनर अप बनिन् । उनी नेपालकी श्रृखला खतिवडालाई पछि पार्दै एसिया एण्ड ओसियन विजेता बन्दै टप ५ मा परेकी थिइन् ।

नेपालकी श्रृखला खतिवडा मिस वल्र्डको टप १२ बाटै बाहिरिएकी छन् ।

उनी एसिया एण्ड ओसियानाबाट टप १२ मा पुगेकी थिइन् । उनीसँगै न्यूजिल्याण्डकी जेसिका टाइसन र थाइल्याण्डकी निकोलेन शीर्ष १२ मा पुगेकी थिइन् । टप १२ मा परेपछि शृंखलाले सगरमाथाबाट स्काइडाइभ गर्ने प्रतिक्रिया दिएकी थिइन् ।

यो पटक पाँच महादेशबाट टप १२ छानिएको थियो । त्यसपछि हरेक महादेशको विजेता घोषणा गर्दै टप ५ छनोट गरियो, जसमा एसिया एण्ड ओसियानाबाट श्रृखला र जेसिकालाई पछि पार्दै थाइल्याण्डकी निकोलेन मिस एसिया बनिन् ।



प्रतिक्रिया दिनुहोस्