मंसिर २४, काठमाण्डौ । प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय मानव अधिकार अयोगले गरेको कार्यक्रममा नजाने भनेपछि आयोग रुष्ट बनेको छ ।
विश्व मानवअधिकार दिवसका अवसरमा आयोगले हरिहर भवनमा गर्ने कार्यक्रममा प्रधानमन्त्री ओलीलाई मुख्य अतिथिको रुपमा बोलाइएको थियो । तर ओलीले आफू कार्यक्रममा उपस्थित हुन नसक्ने जानकारी गराएपछि आयोगका पदाधिकारी रुष्ट बनेका हुन् ।
आयोगका सदस्य सुदिप पाठकले प्रधानमन्त्रीले आयोगको कार्यक्रमलाई महत्व नदिएको भन्द आयोगले पनि प्रधानमन्त्रीको कार्यक्रम बहिष्कार गर्ने चेतावनी दिए ।
आजै दिउँसो ३ बजे प्रधानमन्त्रीले सिंहदरबारमा राखेको चियापान कर्याक्रममा आफूहरु नजाने पाठकले बताएका छन् । “हाम्रो कार्यक्रममा नआउने प्रधानमन्त्रीको चियापानमा हामी पनि जाँदैनौँ ।” पाठकले भने ।