Logo

मुख्यमन्त्री योगी र प्रदेश २ का मुख्यमन्त्री राउतबीच भेटवार्ता हुने



मंसिर २५,काठमाण्डौ । प्रदेश दुईका भौतिक पुर्वाधार बिकास मन्त्री जितेन्द्र सोनलले जनकपुरमा राम जानकी विवाहपञ्चमीको रौनक छाएको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम “नेपाली बहस” मा ऋषि धमलासँग कुरा गर्दै सोनलले आगामी बुधबार हुने रामजानकी विवाह महोत्सवमा सहभागी हुन भारतको अयोध्यासहित विभिन्न स्थानबाट हिँडेका जन्ती सोमबार जनकपुरधाम आइपुगेको जानकारी दिए ।

धारतको अयोध्यालगायत विभिन्न स्थानबाट विवाह महोत्सवमा सहभागी हुन जन्तीका रूपमा आएका साधुसन्त धनुषाको जटही नाका हुँदै जनकपुरधाम आइपुगेका हुन् ।

भारतबाट आएका जन्तीलाई जानकी मन्दिरमा भव्य स्वागत गरिएको सोनलले बताए । रामजानकी विवाह महोत्सवमा सहभागी हुन भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुर आउँदैछन् ।

योगी आदित्यनाथलाई भव्य स्वागत गरी ५६ प्रकारका भोजन गराइने सोनलले बताए । आदित्यनाथ र प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतबीच राजनीतिक भेटवार्ता पनि हुने सोनलले बताए ।

प्रदेश नम्बर २ को विकासलाई कसरी तीब्रता दिने भन्ने विषयमा दुई मुख्यमन्त्रीबचि कुराकानी हुने उनले बताए । मन्त्री सोनलले प्रधानमन्त्री केपी ओलीप्रति निकै रुष्ट देखिए । विगतदेखि नै प्रधानमन्त्री ओली संघीयता विरोधी भएकाले अहिले पनि विश्वास गर्न नसकिने सोनलले बताए ।



प्रतिक्रिया दिनुहोस्