Logo

नेपाललाई हिन्दु राष्ट्र बनाउने योगी आदित्यनाथको यस्तो छ योजना



मंसिर २६, काठमाण्डौ । भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको जनकपुर भ्रमणलाई धेरै अर्थपूर्ण रुपमा हेरिएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वासपात्र मानिने योगीलाई उनै मोदीले विशेष सल्लाह दिएर मात्रै नेपाल पठाएका हुन् ।

हिन्दुवादी नेता योगीले हिन्दु परम्पराअन्तरगत मनाइने राम जानकी विवाह पञ्चमीमा सहभागि हुनुलाई हिन्दु धर्मसँग पनि जोडिएको छ ।

आरएसएसले पनि विश्वास गर्ने गरेको छ । नेपालसँग राम्रो सम्बन्ध छ । नेपाल आउने बारे पनि मोदी र योगिबिच धेरै छलफल भएको हो । धरै सोचेर मात्रै मोदीले योगीलाई नेपाल पठाएका हुन् ।

मोदी प्रम भएपछि योगीको पहिलो नेपाल भ्रमण हो । नेपालले पनि योगीको स्वागत, सम्मान र अभिनन्दन राम्रैसँग गरेपछि उनी निकै उत्साहित छन् ।

५ वटा प्रदेशमा चुनाव हारेपछि योगी नेपाल नआउने आशंका पनि गरिएको थियो । लोकसभाको चुनावमा आफ्नो दललाई अगाडि बढाउनका लागि नेपाल भ्रमण महत्वपूर्ण हुने कतिपयको विश्लेषण छ ।

योगी जनकपुर आएका बेला प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतलगायतका व्यक्तिहरुलाई भेटेर नेपाललाई हिन्दुराष्ट्र बनाउने कुरामा आफ्नो सहयोग हुने आश्वासन पनि दिएका छन् ।

मोदीले अहिलेसम्म हिन्दुराष्ट्रका बारेमा मुख नखोले पनि आदित्यनाथलाई पठाएर यसबारे बोल्न लगाएको बताईन्छ ।
केही समयअघि नेपालमा भएको क्रिष्चियन धर्मसँगसम्बन्धित एसिया प्यासिफिक समिटलगत्तै भएको योगीको भ्रमणले हिन्दु धर्मावलम्बीहरु पनि उत्साहित भएका छन् ।



प्रतिक्रिया दिनुहोस्