काठमाडौं, २६ मंसिर । पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको अंग्रेजी नयाँ वर्ष पोखरामा मनाउने कार्यक्रम तय भएको पारिवारिक स्रोतले जनाएको छ । पूर्वराजा ज्ञानेन्द्रसँगै पूर्वरानी कोमल यही पुस २ गते पोखरा जाने कार्यक्रम तय भएको छ ।
त्यसको तयारीको लागि पूर्व राजपरिवार चढ्ने सवारी साधन र सुरक्षाकर्मी सहितको टोली १ गते पोखरा जाने भएका छन् । स्रोतका अनुसार पूर्वराजा पोखराको निर्मल पोखरीस्थित् माउण्टेन ग्लोरी फरेष्ट रिसोर्ट होटलमा बस्ने कार्यक्रम तय भएको छ । पूर्वराजाले सो होटलको करिब दुई दर्जन कोठा बुक गरेका छन् ।