Logo

हिन्दुधर्मको बहस व्यूँताउँदै कांग्रेस, महासमिति बैठकमा प्रस्ताव लगिने



मंसिर २७, काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको महासमिति बैठक यही मंसिर २८ देखि पुस ३ गतेसम्म काठमाडौमा हुने भएको छ । महासमिति बैठकमा हिन्दु धर्मका विषयमा समेत बहस गर्न प्रस्ताव दर्ता गर्ने तयारी केही नेताले गरेका छन् । धर्म निरपेक्ष राष्ट्र घोषणा भएको लामो समयपछि कांग्रेसको महासमिति बैठकमा छलफलका लागि भन्दै प्रस्ताव दर्ता गरिने तयारी भएको हो ।

८० प्रतिशत बढी जनसंंख्या हिन्दु धर्म मान्ने नेपालमा धर्म निरपेक्षता घोषणा भएको पनि लामो समय भैसकेको छ । तर यसको पक्ष र विपक्षमा बहस जारी छ । १० वर्ष लामो जनयुद्ध र जन आन्दोलन ६२–६३ पछि पुनस्थापित प्रतिनिधि सभाले हिन्दु बाहुल्यता रहेको नेपाललाई औपचारीक रुपमै धर्म निरपेक्ष देश घोषणा गरयो । जनमत नलीकनै धर्म निरपेक्ष राष्ट्र घोषणापछि विभिन्न असन्तोषका स्वरहरु सुनिदै आएका थिए । नेपाली काँग्रेसका महामन्त्री डाक्टर संसाक कोइरालाले देश कै पहिचानको विषय बनेको हिन्दु राष्ट्र राख्ने की नराख्ने भन्नेवारेमा जनमत संग्रहले मात्र ठेगान लगाउनु पर्ने अभिब्यतिm दिदै आएका छन ।

कांग्रेसका तत्कालिन नेता खुमवहादुर खडकाले हिन्दु राज्य पुनस्थापनाका लागि देशब्यापी अभियान संञ्चालन गरेका थिए । त्यतीखेर कग्रेसका नेताहरु पुष्पा भुषाल, लक्ष्मण घिमिरे, शंकर भण्डारी, देवेन्द्रराज कडेल, मोहनवहादुर बस्नेत विनयध्वज चन्द, दामोदर गौतम हरिबोल भट्टराई लगाएत एक दर्जन बढी नेताले खड्कालाई साथ दिएका थिए ।

खड्काको निधनपछि पनि महामन्त्री पुर्णबहादुर खडका, कुलवहादुर गुरुङ, लगाएत दर्जन बढी नेताहरु हिन्दुराष्ट्रकै पक्षमा छन् । स्वर्गीय खड्का गुटका नेता शंकर भण्डारीले महासमिति बैठकमा प्रस्ताव कै रुपमा हिन्दु राष्ट्र कायम गर्ने विषयलाई लैजाने बताएका छन् ।

अघिल्लो पटक भएको महासमितिको बैठकमा ५ सय बढी महासमिति सदस्यले हिन्दु राज्य कायम गर्न नेतृत्वलाई माग गरेका थिए । त्यसबेला नेतृत्वले सुनुवाई गरेन । उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा भएको राजनीतिक प्रतिवेदनमा नियतवंस हिन्दुराष्ट्र नलेखिएको भन्दै हिन्दु राज्यको माग गर्ने नेताहरुले असन्तुष्टी जनाएका थिए ।

संसदको दोस्रो ठूलो दल नेपाली कांग्रेसको केही नेताहरुले खुलेरै हिन्दुराष्ट्रको पक्षमा वकालत गरिरहँदा अधिकांश नेताहरुले भने मुख खोलेका छैनन । यही सेरोफेरोमा राप्राका अध्यक्ष कमल थापाले पनि हिन्दुराष्ट्रको पक्षमा उभिए कांग्रेससँग सहकार्य गर्ने घोषणा गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्