Logo

नरेन्द्र मोदीको विशेष दूतको रुपमा जनकपुर आएको हुँ : योगी आदित्यनाथ (भिडियोसहित)



योगी आदित्यनाथ, मुख्यमन्त्री, उत्तरप्रदेश, भारत

म मेरो प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतको रुपमा जनकपुर आएको हुँ । विवाह पञ्चमीको पावन कार्यक्रममा यहाँको सरकारले गरेको विशेष कार्यक्रममा भाग लिनको लागि मलाई मोदीजीले पठाउनुभएको हो । यो पर्वलाई यहाँको सरकारले भव्यताका सम्पन्न गरेको छ । यसका लागि म अभिनन्दन र स्वगत गर्न चाहन्छु । यो पर्वले नेपाल भारतबीचको सम्बन्ध थप जोड्नका लागि महत्वपूर्ण भएको छ । मेरो भ्रमणले दुई देशबीचको सम्बन्ध थप उचाइमा पुग्छ । जनकपुर आउन पाएकोमा म आफूलाई भाग्यमानी ठानेको छु ।

नेपाल र भारत दुई फरक फरक शरीर हो । तर दुवै शरीरमा एउटै संस्कृति लुकेको छ । आत्मा पनि एउटै हो । हामी एकअर्काको सम्मान गर्न जान्दछौँ । भारतका हरेक नागरिक पशुपतिनाथ र जनकपुर पुगेर दर्शन गर्न चाहन्छन् ।

त्यसैगरी नेपालका हरेक नागरिक भारतको चार धाम पुग्न चाहन्छन् । यस्ता धेरै कुराहरु छन्, जसले नेपाल र भारतलाई जोडिरहेको छ । भारतका प्रधानमन्त्री मोदीजी पनि दुई देशको विकास र समृद्धिको पक्षमा हुनुहुन्छ ।



प्रतिक्रिया दिनुहोस्