मंसिर २८, काठमाण्डौ । नेपाली कांग्रेसको महासमिति बैठक नजिकिदै गर्दा पार्टीको विधान र नेताहरुको विषयमा नेताहरु पक्ष विपक्षमा बाँडिएका छन् ।
प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै नेताहरु महेन्द्र यादव र प्रदिप पौडेलले सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेलको बचाउ र आलोचना गरेका छन् ।
देउवा पक्षका नेता यादवले पौडेलको दिन गएको टिप्पणी गरे भने प्रदिपले कांग्रेसलाई देउवाले कमजोर बनाएको आरोप लगाए ।
एउटै पार्टीका एक नेताले देउवाको प्रशंसा र अर्को नेताले पौडेलको प्रशंसा गर्नुले कांग्रेसभित्रको गुटगत राजनीति मौलाएको छर्लङ्ग भएको छ ।
विधान संशोधनका क्रममा देउवा र पौडेलले राखेको अडानको विषयमा पक्ष र विपक्षमा विवाद भएको हो ।
यादव र पौडेलसँगको पूरा अन्तरवार्ता भिडियोमो हेर्न सक्नुहुने छ ।