काठमाडौं, २९ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीमाथि खनिएका छन् । नेता पौडेलले प्रधानमन्त्री ओली एशिया प्यासिफिक समिटमा सहभागी भएको र होली वाईन खाएको भन्दै कडा आपत्ति जनाएका हुन् ।
पार्टी महासमिति बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पौडेल प्रधानमन्त्री ओलीविरुद्ध खनिएका हुन् । उनले वर्तमान सरकारसँग काम गर्ने ढंग नै नभएको पनि आरोप लगाए । उनले भने,”बरु सरकार नयाँ शोषक वर्ग जन्माउन केन्द्रित छ । यो सरकारले समृद्धि हालिस गर्न सक्दैन। समृद्धिको लागिकांग्रेस नै आउनुपर्छ ।”
त्यस्तै उनले उनले सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको पनि आरोप लगाए । सरकारले वाइडबडी खरिदमा भ्रष्टाचार गरेको भन्दै उनले गम्भिर आरोप लगाए । उनले सरकारलाई जनताको बीचमा अब नंग्याउनुपर्ने बेला आएको भन्दै नेता तथा कार्यकर्तालाई सरकारको गतल कर्तुतको भण्डाफोर गर्न निर्देशन दिए ।
तस्विर : मुकुन्द कालिकोटे