Logo

स्टेजमै देउवाले सहमहामन्त्री महतलाई झपारे, कारण यस्तो छ !



काठमाडौं, २९ मंसिर । नेपाली काँग्रेसका सह-महामन्त्री डा प्रकाशशरण महतले सभापति शेरबहादुर देउवाको गाली खाएका छन् । उनले देउवाको बोली र भाषा नबुझिए पनि दृढ रहेको भन्दै भाषण गरेको केही क्षणपछि देउवाले उनलाई बोलाएर झपारेका थिए ।

पार्टीको महासमिति बैठकको उद्घाटनका क्रममा बोल्दै सहमहामन्त्री महतले देउवाको बोली र भाषा नबुझिएपनि दृढ संकल्प भएको नेता भन्दै भाषण गरेका थिए । तर, सँगै रहेका सभापति देउवाले भने उनको भाषणा रुचाएनन् । बरु, उल्टै उनलाई बोलाएर झपारेका थिए ।

उनले देउवामा बुझाउन सक्ने क्षमताको कमी भए पनि सबैले मिलेर निष्कर्षमा पुर्याउनुपर्ने बताएका थिए । महत त्यतिमात्रै रोकिएनन, उनले आफूले विद्यार्थी तहदेखि देउवालाई जानेकाले उनको लक्ष्यप्रति स्पष्ट भएको भन्दै अन्तिममा फकाउन खोजेका थिए ।

पूर्व सभापति स्वर्गीय सुशील कोइरालाको पनि बोली स्पष्ट नभएको स्मरण गर्दै महतले ‘सुशील दाले पनि दृढ संकल्प भएर संविधान जारी गर्न सफल हुनुभयो ।’ स्पष्ट संकल्प भए कसैले कुनै काम रोक्न नसक्ने बताए ।

तस्विर : मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्