काठमाडौं, २९ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा सरकारविरुद्ध खनिएका छन् ।
त्यस्तै, उनले निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न अपराधीलाई कारबाहीको दायरामा ल्याउन नसकेको भन्दै सरकारको आलोचना गरे। काठमाडौंको रामशाहपथस्थित सिंहदरबारअगाडि यगम्बर पार्टी प्यालेसमा शनिबार महासमिति बैठक उद्घाटन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।
उनले महासमिति बैठकले पार्टीलाई नयाँ गति दिने बताए । देउवाले महाधिवेशनपछि पार्टीमा नवीन उत्साह आउने विश्वास ब्यक्त गरेका थिए । देउवाले भने,‘अब हामी नवीन उत्साहसहित अघि बढ्छौं। हाम्रो पार्टी अब एक नम्बरको पार्टी बन्छ।’
सभापति देउवाले लिखित मन्तब्य राख्दै नेतृत्वको बिरोध गर्नेहरुले सरकारको नराम्रा कामको पनि बिरोध गर्नुपर्ने धारणा राखेका थिए। देउवाले आफू ठीक नभए के प्रधानमन्त्री ओली ठीक छन् त? भनेर प्रश्न समेत गरे ।
तस्विर : मुकुन्द कालिकोटे