Logo

‘गिरिजाप्रसाद कोइराला तानाशाहकाे अगाडि घुँडा नटेक्ने साहसीक नेता’



काठमाडौं, २९ मंसिर ।  नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छादारले कांग्रेसलाई कुनैपनि शक्तिले कमजोर बनाउन नसक्ने भन्दै आन्तरिक एकता पहिलो शर्त भएको बताए ।

पार्टीको महासमिति बैठकको उद्घाटनका क्रममा बोल्दै उनले ‘अन्तरमनबाट कांग्रेसीहरु एक हुने हो भने अहिले पनि कांग्रेसको भविष्य राम्रो छ।’ गच्छदारले काँग्रेस कम्जोर भएको बेला २०५६ सालमा गिरिजा प्रसाद काेइरालाले कृष्ण प्रसाद भट्टरार्इलार्इ भावी प्रधानमन्त्रीकाे रूपमा जसरी घाेषणा गरेर जनता माझ गएका थिए त्यसैगरि अगाडि बढ्न नेताहरूलार्इ अाग्रह गरे ।

पार्टीभित्र आन्तरिक किचलो हुँदा गएकाे संविधानसभा र स्थानीय निर्वाचनमा पराजय भोग्नु परेको उल्लेख गर्दै नेता गच्छादारले सभापति देउवा र बरिष्ठ नेता पौडेललाई आगामी दिनमा एक भएर अघि बढने प्रण गर्न आग्रह गरे पछि दुबै नेता उठेर हात मिलाएका थिए ।

नेपाली जनता पनि काँग्रेस मिलेकाे हेर्न चाहन्छन भन्दै नेता गच्छदारले गिरिजाबाबुले त्यसरी घाेषणा गरेर निवार्चनमा जाँदा पार्टीलार्इ दुर्इतिहार्इ बहुमत प्राप्त भएकाे स्मरण गराए ।

गिरिजाप्रसाद कोइराला तानासाहकाे अगाडि घुँडा नटेक्ने साहसीक नेता भएको उल्लेख गर्दै उनी जस्तै कुनैपनि किसिमकाे समस्या सुल्झाउन सक्ने खुवि नेतृत्वमा हुनुपर्नेमा जाेड दिए ।जारी महासमितिको बैठकबाट एक ढिक्का भएर अघि बढ्ने गच्छदारले विश्वास ब्यक्त गरे ।

 



प्रतिक्रिया दिनुहोस्