पुष १, काठमाण्डौ । नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले महासमिति बैठकपछि पार्टीभित्रको गुटगत राजनीति निरुत्साहित हुने विश्वास व्यक्त गरेका छन् ।
प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै भट्टराईले महासमिति बैठकले गुटगत राजनीतिको अन्त्यका लागि दबाब दिने भएकाले नेताहरु पनि सच्चिनुपर्ने बताएका हुन् ।
अब पनि गुटमा विश्वास गर्ने नेताहरुको भविष्य नरहने भट्टराईको चेतावनी छ । नेता भट्टराईले कांग्रेस अब हिन्दु राष्ट्रको एजेण्डमा जाने संकेत पनि गरेका छन् ।
कम्युनिष्टहरुले क्रिष्चियनको कार्यक्रममा होली वाइन खाएर हिन्दु धर्ममाथि प्रहार गरेकाको उनको आरोप छ ।
कांग्रेसमा युवा नेता नै छैनन्, भन्दै उनले गगन थापा लगायतका नेताहरुले युवा नेताको नाममा भँजाएर खाइरहेको आरोपसमेत लगाए ।