Logo

अफगानिस्तानमा शान्ति चाहान्छौँः चीन



काठमाडौँ,१ पुस । अफगानिस्तानको शान्ति प्रक्रियाका लागि नयाँ कदम एवम् फरक मार्गको खोजी गर्नुपर्ने चीनले जनाएको छ ।चीन–अफगानिस्तान–पाकिस्तान विदेशमन्त्रीहरूबीच भएको वार्तापछि सञ्चारकर्मीसँग बोल्नुहुँदै चिनियाँ राज्य परिषद् सल्लाहाकार तथा विदेशमन्त्री वाङ यीले भने, “शान्ति अफगानी जनताको चाहाना रहेको छ । उनीहरूका अफगानिस्तानको पुनः निर्माण तथा विकास महत्वपूर्ण पूर्व शर्तहरू रहेका छन् ।”

चीनले अफगानी सरकारबाट राखिएका शान्तिका लागि गरेको पहलकदमीको स्वागत गर्छ र अफगानिस्तानको शान्ति प्रक्रियाका लागि अन्तर्राष्ट्रिय समुदायबाट दिइउको सहयोगको प्रसंशा गर्दछ । चीनले अफगानिस्तानको द्वन्द्व अन्त्यका लागि हुने सबै प्रयासलाई सहयोग गर्नेछ, उनले बताए ।

अफगानिस्तानको लागि जनताहरूबीचको मेलमिलाप, अफगानिस्तानको सार्वभौमसत्ता, स्वतन्त्रता र अफगानी जनतालाई पूर्णरूपमा सम्मान गरिने प्रतिवद्धता नै अन्तिम विकल्प हुनसक्छ ।अफगानिस्तान नेतृत्व र उसैको स्वामित्व रहेको समावेशी शान्ति प्रक्रियालाई अन्तराष्ट्रिय समुदाय र संयुक्त राष्ट्र सङ्घ सुरक्षा परिषद्ले इमान्दारसाथ कार्यान्वयनमा लानुपर्छ, वाङले भने ।

हामीले अफगानिस्तानी तालिवान समूहलाई शान्तिका लागि लिइएको पहलकदमीलाई स्वीकार गर्दै जतिसक्दो छिट्टै वार्ताको टेबलमा बस्न आग्रह गर्दछौँ ।वाङले भने अफगानिस्तानको एउटा असल छिमेकीका नाताले चीनले अफगानिस्तानमा शान्ति, स्थायित्व र आर्थिक विकासका लागि इमान्दार प्रयास गर्न चाहन्छ ।

“चीनले एउटा समर्थक, मध्यस्थकर्ताका रूपमा अफगानिस्तानको शान्तिका लागि काम गर्न चाहन्छ,” उनले भने“पाकिस्तान पनि अफगानिस्तानको महत्वपूर्ण छिमेकी हो रर चीनले अफगानिस्तानको शान्तिका लागि नयाँ पहलकदमी लिन पाकिस्तान, अफगानिस्तान र अन्तर्राष्ट्रिय समुदायसँग इच्छुक छ,” वाङले बताए । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot