Logo

ओलीलाई अध्यक्षबाट हटाउने वामदेव रणनीति, प्रचण्डको मौन समर्थन !



काठमाडौं, १ पुस । सत्तारुढ दल नेकपाका सचिवालय सदस्य वामदेव गौतमले स्थायी समिति बैठकमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको संयुक्त प्रतिवेदनलाई काउन्टर दिँदै आफ्नो छुट्टै प्रतिवेदन पेश गरेपछि पार्टीभित्र तरंग पैदा भएको छ ।

नेता गौतमले अध्यक्ष ओलीप्रति कडा नीति लिएका छन् । उनले ओली स्वेच्छाचारी ढंगले चलेको र सरकारले जनतामा आशाको सञ्चार गर्न नसकेको आरोप लगाएका छन् ।

त्यतिमात्रै नभएर गौतमले पेश गरेको प्रतिवेदनमा भनिएको छ,“सरकारले आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट प्रस्तुत गरेपछि चारैतिर निराशा छाउन थाल्यो । अहिलेसम्म सरकार र पार्टीका जिम्मेवार नेताहरूका गतिविधिहरूले जनतामा निराशा झन् बढ्न थालेको छ ।
पार्टीको नेतृत्व र सरकारको नेतृत्व लिनुभएका कमरेडहरूले पार्टी कार्यकर्ता र जनतामा देखापरेको निराशालाई चिर्दै आशा र उत्साह सिर्जना गर्नेतर्फ कुनै कदम चाल्नु भएन ।”

सरकारका ९ महिनाका गतिविधिले सरकार प्रगतिशील परिवर्तन र प्रगति पथमा अघि बढ्न नसकेको उनको आरोप छ । गौतमले अध्यक्षबाट ओलीलाई हटाउने र प्रचण्डलाईमात्रै एकल अध्यक्षको जिम्मेवारी दिनुपर्नेबारे घुमाउरो ढंगले प्रतिवेदनमा उल्लेख गरेका छन् । पछिल्लो समय नेता गौतम ओलीसँग चिढिएका छन् ।

वामदेवको यो रणनीतिमा प्रचण्डकोपनि भित्रि रुपमा गतिलो साथ रहेको स्रोतको दाबी छ । सुरुमा प्रचण्डले बामदेवको प्रतिवेदन नआओस भनेर नै छलफल गरेका थिए । तर, उनले बामदेवलाई रोक्न सकेनन् । सुरुदेखि नै प्रचण्ड र वामदेव निकट नेता मानिन्छन् ।



प्रतिक्रिया दिनुहोस्