काठमाडौं, १ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रखर वक्ता, विद्धान एवम नेता प्रदिप गिरीले कांग्रेस सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल दुवै नेताले पदको मोह त्याग्नुपर्ने सुझाव दिएका छन् । देउवा र पौडेलले पदीय लालचा नत्यागेसम्म पार्टीभित्र एकता कायम नहुने उनको दाबी छ ।
आज राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम जनता जान्न चाहन्छन कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।