Logo

सरकारको बचाउमा प्रचण्ड, एक वर्षमै ठूलो परिवर्तन गर्ने दाबी



रामपुर, १ पुस । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको एक वर्षमै देशमा ठूलो परिवर्तन गर्ने घोषणा गरेका छन् ।

आइतबार पाल्पाको रामपुरमा कार्यकर्तासँगको भेटका क्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन । पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले नेपालमा भएका केही परिवर्तन विश्वमा नै उदाहरणीय भएको बताए ।

विस्तृत शान्ति सम्झौता, संविधान निर्माण, नयाँ संविधान निर्माण अनुरुप तीन तहको निर्वाचन, तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता तथा दुई तिहाईको सरकार निर्माण नेपालका लागि महत्वपूर्ण फड्को भएको उनको भनाई छ ।

सरकारले सामाजिक सुरक्षा योजनासँगै धेरै राम्रा उपलब्धी हासिल गरेको स्मरण गराउँदै अध्यक्ष दाहालले अबको पाँच वर्षमा प्रत्येक नागरिकले समृद्धि महसुस गर्ने स्पष्ट पारे । उनले सरकारको आलोचना गर्नेलाई पाँच वर्षमा हुने परिवर्तनबाट जवाफ मिल्ने बताए ।



प्रतिक्रिया दिनुहोस्