Logo

विपी र गणेशमानले जस्तो उदारता देउवा र पौडेलले देखाउनुपर्छ : गिरी (भिडियोसहित)



पुष २, काठमाण्डौ । नेपाली कांग्रेसका नेता प्रदिप गिरीले पार्टीका नेताहरु एक ढिक्का भएर अगाडि बढ्नुको विकल्प नभएको बताएका छन् ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै गिरीले अब पनि नेताहरुबीच मेलमिलाप नहुने हो भने कांग्रेसको अस्तित्व नै धरापमा पर्ने बताए ।

गला र हात मिलाएर मात्रै एकता नहुने भन्दै गिरीले देश र जनताको हितमा गरिने राजनीतिक र आर्थिक कार्यक्रममा नै सहमति हुनुपर्ने बताए ।

विगतमा विपी कोइराला र गणेशमान सिंहले जस्तै गरी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले पद नलिने घोषणा गर्न सके मात्रै कांग्रेसले फड्को मार्ने गिरीको तर्क छ ।

“अहिलेसम्म कांग्रेसको झगडा पदकै लागि छ । विधानका विषयमा कसैलाई मतलब छैन । जबसम्म पदका लागि झगडा गर्ने प्रवृत्तिको अन्त्य हुँदैन तबसम्म कांग्रेस सुध्रिदैन ।”

कांग्रेसका टाउके पदाधिकारीले गणेशमा र विपीको अनुशरण गर्नुको विकल्पन भएको उनको जिकिर छ ।

नेताहरुलाई मिलाएर कांग्रेसलाई बलियो बनाउन तपाई सक्नुहुन्न भन्ने धमलाको प्रश्नमा गिरीले भने–“मैले मात्रै नसकेको होइन । म त राजनीतिमा धेरै समय पनि विताउँदिन । कृष्णले हाभारतमा पाण्डव र कौरवको झगडा मिलाउन सकेनन् । तपाई सारा नेपाली नेताहरुलाई थर्काउनुहुन्छ । तर तपाईले नै सक्नुभएको छैन । मैले के सक्ने ?”



प्रतिक्रिया दिनुहोस्