Logo

प्रधानमन्त्री ओलीको बोली–पुषमा पानी जहाज, खै त ?



पुष ३, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको १० महिना भएको छ । प्रधानमन्त्री ओलीले पटक पटक पानी जहाजको कुरा गर्नुभयो ।

ओलीले पुष महिनासम्म पानीजहाज चलाउने भन्दै संसदबाटै विरोधीहरुलाई पानी जहाज चढ्न आउनु भनि निम्ता दिनुभएको थियो । तर पुष महिना आयो, पानी जहाज भने आएन ।

चाहे आन्तरिक बैठकमा होस् चाहे सार्वजनिक कार्यक्रममा । प्रधानमन्त्रीको भाषणमा कहिल्यै नछुट्ने एउटा विषय हो पानीजहाज ल्याउने– चलाउने । प्रधानमन्त्रीले संसद्मा बोल्दै पुससम्म स्टिमर चल्ने घोषणा गर्दै सांसदहरुलाई निम्तासमेत दिनुभएको थियो ।

चालू आर्थिक वर्षकै बजेटमा कर्णाली, गण्डकी र कोशीमा पानीजहाज सञ्चालनको अध्ययन गर्ने योजना छ । तर, विडम्बना हालसम्म नेपालले जलमार्ग सञ्चालन गरिने भनिएका नदिको स्थलगत अध्ययनसमेत छैन । प्रधानमन्त्री ओलीले नहुने कुरा किन गर्नुभयो त ?

प्रधानमन्त्रीका प्रेस सल्लाहाकार डा. कुन्दन अर्याल भन्नुहुन्छ, नेपालमा पानी जहाज ल्याउने प्रयास भइरहेको छ । यति मात्रै होइन, अर्यालले पानी जहाज ल्याउने अवधारणाको कार्यान्वयन भइसकेको अर्यालको दावी छ ।

अर्यालका अनुसार सन् २०१९ को जनावरीसम्ममा पानी जहाज ल्याउने विषयमा अध्ययन सकिनेछ । पानी जहाजका लागि भारतको दुई वटा टर्मिनल नेपालसँग जोड्ने कार्य पनि सन २०१९ को मे सम्म सम्पन्न हुने उनको दावी छ ।

प्रधानमन्त्रीले संसदमै दिएको अभिव्यक्ति कति सतही थियो ? कार्यान्वयको सम्भावना कति थिया भन्ने जस्ता विषयमा न त ओली नै गम्भीर देखिनुभयो, नत भाषणमा ताली बनाउने नेता कार्यकर्ताहरु । सरकारले ठुला–ठुला सपना बाँढेको तर नागरिकको दैनिकीसँग जोडिएका विषयहरुलाई बेवास्ता गरेको आरोप लागिरहेको छ । यसतर्फ जिम्मेवार व्यक्तिहरुले ध्यान दिनु जरुरी छ ।



प्रतिक्रिया दिनुहोस्