पुष ४, कमाठमाण्डौ । लामो रस्साकस्सीपछि नेपाली कांग्रेसमा पदाधिकारी विवाद मिलेको छ ।
शीर्ष तहमा भएको सहमतिअनुसार अब कांग्रेसमा उपसभापति, महामन्त्री र सहमहामन्त्री २–२ जना हुनेछन् । सभापतिसँगै उनीहरु पनि महाधिवेशनबाटै चुनिनेछन् ।
कोषाध्यक्ष भने मनोनित हुनेछ । निर्वाचत केन्द्रीय सदस्यहरु मध्येबाट कोषाध्यक्ष मनोनित गर्ने सहमति जुटेको छ । प्रवक्ता पदाधिकारी मध्ये वा केन्द्रीय सदस्यलाई दिन सकिनेछ ।
राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले ढिलै भए पनि कांग्रेसको विवाद टुङ्गिएको भन्दै राम्रो संकेत देखिएको बताए ।
“सहमतिमा जुटेका छन् । विधान बनाएका छन् । सानो भए पनि सकारात्मक संकेत देखिएको छ ।” आचार्यले भने ।
तर अझै पनि कार्यकर्ताले नेतृत्वलाई झकझक्याइरहनुपर्ने सुझाब आचार्यले दिएका छन् । तत्कालका लागि सहमति भए पनि २–२ जना महामन्त्री र उपसभापति निर्वाचित भएर आउँदैमा कांग्रेस जाज्वल्यमान भएर नआउने उनको तर्क छ ।
पदाधिकारीको संख्या र निर्वाचन पद्धतिले आम जनतालाई कुनै फरक नपार्ने उनी बताउँछन् ।