पुष ४, काठमाण्डौ । फेरि एकपटक राजधानीबासीको सपनामाथि तुसारापात भएको छ । अर्थात मेलन्चीको पानी आउने समय अनिश्चित बनेको छ । पूर्वप्रतिवद्धता बमोजिम अबको ४५ दिन पछि अर्थात माघ २७ गते राजधानीमा मेलम्चिको पानी खस्नु पर्ने हो । तर, ठेकेदार कम्पनी नै काम छाडेर भाग्न खोजेपछि अहिले फेरि यसको काम ठप्प भएको छ ।
काम सुरु गरेको १० वर्षपछि अझै भनौ काम सकिन करिब ५ प्रतिशत मात्रै बाँकी रहदा मेलम्चि खानेपानी आयोजनाको ठेकेदार कम्पनी भाग्न खोज्दैछ । सन् २००८ बाट कामको जिम्मा लिएको इटालियन ठेकेदार कम्पनी सीएमसीले अन्तिम समयममा आएर ठेक्का तोड्ने निर्णय गरेको छ । आफू आर्थिक रूपमा ‘टाट पल्टेको’ घोषणा गर्दै उसले बाँकी काम गर्न नसक्ने भन्दै स्वदेश फर्किन खोजेको छ । जसकाका कारण सोमबारदेखि मेलम्चिको काम ठप्प भएको छ ।
आर्थिक लेनदेनमा कुरा नमिल्दा ठेकेदार कम्पनी सिएमसी मेलम्चीबाट भाग्न खोजिरहेको छ । उसको आरोप छ– नेपाल सरकारले क्षतिपूर्तिवापतको १ अर्ब रकम दिएन । तर, सरकार भन्छ काम नसकि पैसा दिइरहन सकिदैन । यहि विवादका कारण मेलम्चिको काम ठप्प भएको छ ।
अन्तिम समयमा आएर यसरी ठेकेदारले धोका दिनु पछाडी नेपाल सरकारको कमजोर भूमिका पनि उति नै दोषि छ । उसकै कमजोरीका कारण २०५९ सालमा ठेक्काको जिम्मा लिएको चाइनिज कम्पनीले यसैगरि मेलम्चिलाई खेलौना बनाएको थियो । जसरी अहिले इटाली कम्पनीले बनाउन खोज्दै छ ।
अन्तिम समयमा आएर मेलम्चिलाई खेलौना बनाउन खोजेको इटालियन कम्पनीसँग खास धेरै आस गर्ने ठाउँ त छैन । तर, यसले काम छाडेसँगै मेलम्चिको पानी अब कहिले आउँछ भन्ने प्रश्नले धेरै राजधानीबासीलाई चिमोटि रहेको छ ।
पटक पटक भाखा तोकेर निशास बनाउँदै आएको मेलम्ची के अब फेरि अनिश्ति सम्मलाई रोकिएको हो ? यसको जवाफ खोजिरहेका छन् राजधानीबासी । विज्ञ भन्छन्– सरकारले चाहे कसैले ठेक्का तोड्दैमा मेलम्चीको पानी रोकिदैन । डटेर लागे ४५ दिनमा पानी ल्याउन अझै सम्भव छ ।
मेलम्चीको पानीले प्यास मेट्न वर्षैदेखि प्रतिक्षा गर्दै आएका राजधानीबासीले अब थप कति दिन, महिना वा वर्ष प्रतिक्षा गर्नु पर्ने हो ? यस्ता बद्मास ठेकेदारहरुलाई तह लगाउँदै मेलम्चीको पानी काठमडौं कसरी झार्ने हो ? यो अहम प्रश्न बनेको छ । यो विषयमा खानेपानी मन्त्रालयले गम्भिर ढङ्गले छलफल गर्न र उचित निर्णयका साथ काम थालिहल्न आवाश्यक छ ।
अन्तिम समयमा आएर अड्किएको काम सल्टाउन खानेपानी मन्त्रालयले निर्णयक भूमिका नखेले फेरि पनि मेलम्चि अनिश्यिको भूमरीमा फस्ने निश्चित छ । सरकारले मेलम्चीलाई जोक हुनबाट जोगाउन बेलैमा यस्ता अन्योलता चिरोस ।