Logo

दाङमा बस दुर्घटना : मृत्यु हुनेको संख्या १६ पुग्यो



दाङ, ६ पुष। दाङमा आज साँझ भएको दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुगेको छ । ३ जना महिला र १३ जना पुरुषसहित १६ जना मृतकको शव फेला परेको हाम्रा सहकर्मी शरद रेग्मीले जानकारी दिए ।

घटनामा परेका १३ जना गम्भीर घाइतेलाई उपचारका लागि राप्ती अञ्चल अस्पतालमा लगिएको जनाइएको छ । त्यसमध्ये ८ जना पठाइसकेको र ५ जना लगिदै गरिएको प्रहरीले जनाएको छ । घाइते हुनेमा ९ जना महिला र ४ जना पुरुष रहेको बताइएको छ ।

शहिद कृष्णसेन प्राविधिक विद्यालयका शिक्षक तथा विद्यार्थीसहितको टोली चढेको बस सल्यानको कपुरकोटस्थित मुलपानी वनस्पति उद्यानको अवलोकन भ्रमणबाट फर्किने क्रममा दुर्घटनामा परेको हो ।

विद्यालयले ३२ जना विद्यार्थी र २ जना शिक्षक र १ जना चालक र १ जना सहचालक बसमा सवार रहेको बताएको डिएसपी शाहीले बताए । बसमा बीच बाटोबाट समेत केही यात्रु चढेको आशंका प्रहरीले गरेको छ ।



प्रतिक्रिया दिनुहोस्