Logo

सुवास नेम्वाङ नै उत्रिए केपी ओलीको विरोधमा, के भने ?



काठमाडौं, ६ पुस । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा शुक्रबार सुवासचन्द्र नेम्वाङले प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध गरेका छन् । उनले काठमाडौंमा हालै सम्पन्न एशिया प्यासिफिक समिटमा सरकारले सहभागिता जनाएकोमा आपत्ति जनाएका हुन ।

यद्धपी उनले सरकारको काम भने सन्तोषजनक रहेको दाबी गरे । पार्टी मुख्यालय धुम्बाराहीमा बसेको बैठकमा उनले सरकारले गरेको काम पर्याप्त नभएपनि सन्तोषजनक रहेको भन्दै बचाउ गरे । नेता नेम्वाङले सरकारका केही कमजोरी भएपनि सच्चिन समय भएको भन्दै सरकारको काम सन्तोषजनक भएको बताए ।

उनले विवादास्पद गैरसरकारी संस्थाले आयोजना गरेको एसिया प्यासिफिक सम्मेलनमा सरकारको संलग्नताप्रति भने आपत्ति जनाएका थिए ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत् गरेको संयुक्त राजनीतिक प्रतिवेदनमाथि आज नेम्वाङसँगै ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, अमिक शेरचन, गोकर्ण बिष्ट, छविलाल विश्वकर्मा र मणि थापाले आ–आफ्नो धारणा राखेका थिए ।



प्रतिक्रिया दिनुहोस्