Logo

कांग्रेसमा राजा व्यूँताउने खेल सुरु, देउवालाई पार्टी छोड्न युवा नेताहरुको चेतावनी (भिडियोसहित)



काठमाडौं, ६ पुष । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र यतिवेला राजा व्यूँताउने खेल सुरु भएको खुलासा भएको छ । कांग्रेसका युवा नेताहरु श्याम घिमिरे र गुरुराज घिमिरेले यस्तो खेल सुरु गरिसकेको खुलासा गरेका छन् ।

शुक्रबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम “जनता जान्न चाहन्छन्” मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै ती युवा नेताहरुले त्यस्तो खुलासा गरेका हुन् ।

नेता श्याम घिमिरेले मुलुकमा अझैपनि राजनीतिक संक्रमण कायमै रहेको जिकिर गरे । संक्रमणकालको ह्यांगओभर अझैपनि बाँकी रहेको उनको भनाई छ ।

अर्का नेता गुरुराज घिमिरेले पार्टीको महासमिति बैठकमा भाग लिन आउने सदस्यहरुलाई प्रश्नपत्र नै तयार नगरी जाँच लिन बोलाएजस्तो भएको बताए । महासमिति बैठक यत्रो विवादित बन्नुमा मुख्य दोषी सभापतिको नाताले शेरबहादुर देउवा नै भएको पनि गुरुराजले आरोप लगाए ।

आफूले सभापति देउवालाई दुरदर्शी नेता भनेर कहिल्यैपनि नभनेको श्याम घिमिरेले प्रष्ट पारे । देउवापनि परम्परागत नेतामात्रै भएको तर स्वप्नद्रष्टा नेता नभएको उनको जिकिर छ ।

महासमिति सदस्यहरुले हिन्दू राष्ट्रको कुरा उठाएपनि अहिले हिन्दू राष्ट्र नहुने उनको जिकिर छ । संविधानमा धर्मनिरपेक्षता उल्लेख गरिएको उल्लेख गर्दै त्यसप्रति आजको दिनमा कांग्रेस दृढ रहेको उनले विश्वास दिलाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot