काठमाडौं, ७ पुष । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र स्थायी समिति बैठकमा सदस्यहरुले सरकारको आलोचना गरेको गरिरहेको बेला ४३ केन्द्रीय सदस्यले भ्रष्ट वा विवादित छवी भएकाहरूको राजनीतिक नियुक्ति र मानपदवी तत्काल खारेज गर्न माग गरेका छन् ।
उनीहरुले आज अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएर यस्तो माग गरेका हुना छन् । ती केन्द्रिय सदस्यहरु भ्रष्टलाई राजनीतिक नियुक्ति नगर्न माग गर्दै प्रतिनिधिसाभा सदस्य कृष्णगोपाल श्रेष्ठमार्फत ज्ञापनपत्र बुझाएका हुन ।
यसअघि पनि २२ जना केन्द्रिय सदस्यहरुले तत्काल पार्टीको केन्द्रिय समिति बैठक बोलाउन माग गर्दै पार्टी नेतृत्वलाई पत्र बुझाएका थिए ।