Logo

ओली-प्रचण्डको बचाउमा उत्रिए पौडेल, ५ पृष्ठ लामो सुझाव तथा टिप्पणी प्रस्तुत



काठमाडौं, ७ पुष । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका महासचिव समेत रहेका स्थायी समिति सदस्य विष्णु पौडेलले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको खुलेर बचाउ गरेका छन् ।

पार्टीको जारी स्थायी समिति बैठकमा अध्यक्षद्धयले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि भाग लिँदै महासचिव पौडेलले सरकार र पार्टी दुवै अहिले सही दिशामा रहेको भन्दै बचाउ गरेका छन् ।

पौडेलले राजनीतिक प्रतिवेदनका सम्बन्धमा सुझाव तथा टिप्प्णी भन्दै आज ५ पृष्ठ लामो विज्ञप्ती समेत प्रस्तुत गरेका छन् । उनले जारी गरेको सुझाव तथा टिप्पणीमा भनिएको छ, ‘पार्टी विधानले प्रस्तावनाबाट साम्यवाद हटाइयो भन्ने आरोप तथ्यहीन छ। साम्यवाद जहाँ वर्ग,राज्य र पार्टी हुँदैन जसले समस्त मानवजातिको सर्वोच्च हितको प्रतनिधित्व गर्दछ, यो नै हाम्रो उच्चतम लक्ष्य हो भन्ने कुरामा कसैको विमती हुन सक्दैन।’



प्रतिक्रिया दिनुहोस्