Logo

कांग्रेसमा हिन्दूराष्ट्रको कुरा उठ्दा प्रचण्डलाई तनाब, औंल्याए यस्तो खतरा



काठमाडौं, ७ पुष । सत्तारुढ दल नेपाल कम्यूनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हिन्दूराष्ट्रको कुरा उठाएर गलत गरेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले कांग्रेस धार्मिक अतिवादतिर लम्किरहेको पनि आरोप लगाए ।

शनिबार काठमाडौंमा प्रकाश विकल्पको ‘देश किन बनेन’ भन्ने पुस्तकको विमोचन कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो आरोप लगाएका हुन् । प्रचण्डले भने,‘नेपाली कांग्रेसको महासमिति बैठकमा चलेको हिन्दूराष्ट्रको बहसले कांग्रेसलाई धार्मिक अतिवादतर्फ डोर्याउने खतरा रहेको छ,,राज्यले कुनै धर्मलाई काखा र कुनै धर्मलाई पाखा लगाउन मिल्दैन ।’

उनले संविधानमा उल्लेख गरिएको प्रावधानले धार्मिक सन्तुलन कायम गरेको पनि विश्वास दिलाए । उनले अघि भने,‘बीपीले हिन्दू संस्कार नै अंगाल्नुपर्छ भनेर कहिल्यै भन्नुभएन । तर बीपीले निर्माण गरेको पार्टीमा हिन्दू राष्ट्रको बहस भइरहेको छ, यो बिल्कुलै अमिल्दो कुरा हो ।’

त्यस्तै उनले रूसमा जारशाही सकिएको ७५ वर्षपछि पनि एकथरी मान्छेहरू जारलाई खोज्दै हिँडेको प्रसङ्ग निकाल्दै नेपालमा राजा चाहिन्छ भन्नेहरूले ‘जार’ खोजिरहेको आरोप लगाएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot