Logo

चित्रबहादुरको खुलासा : मोदीले ज्ञानेन्द्रलाई राजा बनाउँछन्, तयारी भैसक्यो (भिडियोसहित)



काठमाडौं, १२ पुस । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई फेरी राजा बनाउने सनसनीपूर्ण अभिव्यक्ति दिएका छन् ।

आज राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम “जनता जान्न चाहन्छन” मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो खुलासा गरेका हुन् ।

नेपालका राजनीतिक दलहरुको हविगतको कारण आफूले नेपालमा पूनः राजसंस्था व्युँतिने खतरा औंल्याएको उनले स्पष्ट पारे । उनले भने, “नेपालमा कतिपय अन्तर्राष्टिय शक्तिहरुले पनि नेपालमा हिन्दू राष्ट्र भनिरहेका छन् । त्यो हिन्दू राष्ट्र चलाउनको लागि पनि राजा चाहिने । यहाँ हिन्दू राष्ट्र बनाएर आफ्नो दुनो सोझ्याउनेहरुपनि छन त संसारमा ।”  छिमेककै शासकहरुले नेपालमा हिन्दूराज्य चाहेको उनले गम्भिर आरोप लगाए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा राजसंस्था ल्याउन पहल गर्ने सम्भावना छ र ? भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा उनले भने,” लागे पुगे गर्छन् । नेपालमा फेरि पनि राजसंस्था ब्युँतिने सम्भावना छ । त्यो खतरा छ ।” दलहरुको क्रियाकलापले पनि जनताले बदला लिने खतरा छ ।

भाजपाले नेपालमा हिन्दू राष्ट्र र राजसंस्था ल्याउन प्रयत्न गरेको उनको गम्भिर आरोप छ। उनले भने,”भाजपाले भारतमा गणतन्त्र हटाउन सक्दैन । हिन्दूराष्ट्र पनि हटाउन सक्दैन । कमसेकम नेपालमा उनीहरुको प्रयत्न रहन्छ । रहिराखेको छ ।”

आफू हालसालै देशभरि घुमेको बताउँदै उनले संघीयताले जनतालाई पिरोलेको पाएको पनि केसीले सुनाए । जनता संघीयताबाट उत्साहित नभएको उनको जिकिर छ । उनले सुनाए,”जनता अहिले निराश छन् । केन्द्र र प्रदेशबीचको लफडा, प्रदेश र स्थानी निकायबीचको लफडा, नबसेको, छोडेको र बेचलनमा भएको घरको पनि कर तिर्नुपर्ने अवस्था छ ।”

 



प्रतिक्रिया दिनुहोस्

Screenshot